नेपाल बारको चुनाव : सत्तारुढ दुई दल निकटले बनाए मिश्रित प्यानल

नेपाल बारको चुनाव : सत्तारुढ दुई दल निकटले बनाए मिश्रित प्यानल

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २२ गते बिहिबार ०६:५७

नेपाली काँग्रेसले २०८४ मा एक्लै चुनाव लड्ने उदघोष गरिरहेको बेलामा भातृसंस्थाहरूमा भने काँग्रेस– एमालेका बीचमा अहिलेदेखिनै तालमेलको अभ्यास गराइएको रुपमा हेरिएको छ ।

केही साता अघि सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा पनि काँग्रेस– एमालेका बीचमा तालमेल गराइएको थियो ।

काठमाडौं– नेपाल बार एशोसिएसनको २७ औं केन्द्रीय कार्यसमितिका लागि आउँदो चैत २३ गते निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि नेपाली काँग्रेस र एमाले निकट कानुनव्यवसायीले संयुक्त प्यानल बनाएको फागुन २२ गते खुलासा भएको हो । उम्मेदवार मनोनयन दर्ता आज फागुन २२ गते भएको हो ।
नेपाली काँग्रेसले २०८४ मा एक्लै चुनाव लड्ने उदघोष गरिरहेको बेलामा भातृसंस्थाहरूमा भने काँग्रेस– एमालेका बीचमा अहिलेदेखिनै तालमेलको अभ्यास गराइएको रुपमा हेरिएको छ । यसअघि केही साता अघि सम्पन्न पत्रकार महासंघको निर्वाचनमा पनि काँग्रेस– एमालेका बीचमा तालमेल गराइएको थियो । जसलाई २०८४ को पूर्वाभ्यासका रुपमा लिएको टिप्पणी समेत भएको थियो । त्यसलाई थप पुष्टि गर्ने गरी यतिबेला बारको निर्वाचनमा पनि काँग्रेस– एमालेका बीचमा संयुक्त प्यानल निर्माण गरी चुनावी मैदानमा जाने उदघोष गरिएको छ ।
कांग्रेसको शुभेच्छुक संस्था डीएलए र नेकपा एमाले निकट पीपीएलएबाट चुनावी तालमेल गर्ने गरी उम्मेदवारी दर्ता गरेका छन् कांग्रेस निकट डिएलएबाट अध्यक्षमा विजय मिश्रले उम्मेदवारी दिनु भएको छ । सोही प्यानलमा एमाले पक्षधर पीपीएलएबाट महासचिवमा केदार कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सत्ता पक्षमा रहेका दलबाट तालमेल भएको डीएलएका पूर्वअध्यक्ष योगेन्द्रबहादुर अधिकारीले बताउनु भयो ।
सत्ताधारी दल मिलेर चुनाव लड्ने तानाबाना बुनेपछि सो चुनावका लागि नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बीच तालमेल हुने भएको छ । विपक्षी दल निकट कानुन व्यवसायीहरूको संगठनले गरेको चुनावी तालमेलमा राप्रपा पक्षधरलाई पनि समेट्ने भएको छ ।
माओवादी निकट कानुन व्यवसायीहरूको संगठन आरपीएलबाट रमण श्रेष्ठ अध्यक्ष र रास्वपा पक्षधर स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट महासचिवमा यज्ञमणि न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । श्रेष्ठको उम्मेवारीमा प्रस्तावक वरिष्ठ अधिवक्ता शम्भु थापा र समर्थकमा वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्त बन्नु भएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था डीएलए र नेकपा एमालेको पक्षको पीपीएलले बारको चुनावमा तालमेल गर्ने भएपछि विपक्षी दलहरू निकटका कानुन व्यवसायीले छुट्टै प्यानल खडा गरेको बताएका छन् । महासचिवमा उम्मेदवारी दिनु भएका न्यौपाने विपक्ष दल निकटका कानुन व्यवसायीले छुट्टै प्यानल बनाएको जानकारी दिनु भयो ।

प्रकाशित मिति २०८१ फाल्गुन २२, बिहीबार १८:५७ गते
हजुरको प्रतिक्रिया