एमाले मोरङको नतिजा, ढकाल पक्षको प्यानल विजयी, संस्थापनलाई धक्का

एमाले मोरङको नतिजा, ढकाल पक्षको प्यानल विजयी, संस्थापनलाई धक्का

एजेन्सी

@antaranganews

२०८१ फाल्गुण २३ गते शुक्रबार ०८:३०

पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । मतदानका लागि ९११ जना प्रतिनिधि चयन भएकामध्ये २३ जना अनुपस्थित थिए ।

अजम्बर राई ३९ मत अन्तरले विजयी भएको घोषणा

विराटनगर– नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणामको अन्तिम नतिजा आएको छ । १०औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट इतर समूहको प्यानल नै विजयी भएको फागुन २३ गते साँझ खुलासा भएको हो ।
उक्त मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको फागुन २३ गते साँझ खुलासा भएको हो ।
ढकाल पक्षबाट उम्मेदवार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक परिणाम घोषणा गरेको छैन । जिल्ला समिति सदस्यहरूको भने मत परिणाम आउन अझै समय लाग्ने देखिएको छ । सो अधिवेशनमा ८ सय ८८ मत खसेको थियो ।
जिल्लाको नेतृत्वको लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए ।
सार्वजनिक भएको मत परिणाम अनुसार ढकाल पक्षका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै ल्याउनु भएको छन । यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् । उपसचिव पदको निर्वाचनमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छन् ।
यसअघि ६८० मतगणना गरिदा ढकाल पक्षकी उषा झाले ३०८ मत पाई अर्को पक्षकी शिल्पा निराला कार्की भन्दा १५ मतले पछि हुनुहुन्थ्यो । कार्कीले ३२३ मत पाउनु भएको थियो । नतिजा घोषणा हुँदा १३ मतले उछिन्नु भएको छ ।
पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । मतदानका लागि ९११ जना प्रतिनिधि चयन भएकामध्ये २३ जना अनुपस्थित थिए ।
एमाले मोरङको अधिवेशन फागुन १७ गते उद्घाटन भएको थियो । चार दिनपछि मतदान प्रक्रिया भएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन २३, शुक्रबार २०:३० गते
हजुरको प्रतिक्रिया