झापा– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको सातौं महाधिवेशनको तयारी थालिएको छ । प्रतिष्ठानको यहाँ सम्पन्न बैठकले सो महाधिवेशन नवलपुरको गैंडाकोटमा आउदो महिनाको अन्तिम साता सम्पन्न गर्ने गरी तयारी थालिएको हो ।
सो अधिवेशन चैतको अन्तिम साताको अर्थात यो सालको अन्तिम दिन चैत ३० गतेका लागि तय भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको यहाँ सम्पन्न सचिवलाय वैठकले सो निर्णय गरेको प्रतिष्ठानका केन्द्रीय सदस्य चन्द्रमणि अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको महाधिवेशन तीन तीन वर्षमा हुने गर्दछ । यसअघि छैटौं महाधिवेशन वुटबलमा भएको थियो ।
केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि सातवटै प्रदेशका प्रदेश अधिवेशन सम्पन्न भएका छन् । त्यसअघि जिल्ला अधिवेशनहरू गरिएका थिए । जिल्ला अधिवेशन अघि पालिकास्तरमा गठन भएका समितिको पनि अधिवेशन गरिएको थियो ।
उक्त महाविधेशनमा केन्द्रीय सल्लहकारहरू, केन्द्रीय प्रतिनिधिहरू, प्रदेशका समितिहरू, परिषदका सदस्यहरू, जिल्ला अध्यक्षहरू तथा पर्यवेक्षकहरूले भाग लिने बताइको छ ।
४१ सदस्यीय नयाँ कार्य समितिको निर्वाचन :
प्रतिष्ठानको विधान अनुसार सो अधिवेशनबाट ४१ सदस्यीय नयाँ कार्य समितिको निर्वाचन हुनेछ । जसमा सात जना मनोनित सदस्य हुनेछन् भने तीबाहेक अन्य ३४ जना पदाधिकारीहरू र सदस्यहरू निर्वाचित हुनेछन् । निर्वाचित हुनेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षका एक एकजनाका साथमा प्रत्येक प्रदेशबाट एक एक जना उपाध्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै, महासचिव, सचिव र कोषाध्यक्ष पनि एक एक जना निर्वाचित हुने विधानमा उल्लेख छ । विधान अनुसार प्रत्येक प्रदेशबाट ३÷३ जनाका दरले केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।
उक्त अधिवेशनमा आयोजक अर्थात केन्द्रीय समितिका पदाधिकारीहरू, सल्लाहकारहरू प्रदेश तथा जिल्लाका प्रतिनिधि पर्यवेक्षक गरी करिब चार सयले भाग लिने अनुमान गरिएको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका अध्यक्ष नरेन्द्रकुमार अधिकारीले बताउनु भएको छ ।कश्यप अधिकारी वंश प्रतिष्ठानको सातौं महाधिवेशनको तयारी
अधिवेशनमा करिब चारसय प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिने आंकलन गरिएको छ ।
प्रतिष्ठानको विधान अनुसार सो अधिवेशनबाट ४१ सदस्यीय नयाँ कार्य समितिको निर्वाचन हुनेछ । जसमा ३४ जना पदाधिकारीहरू र सदस्यहरू निर्वाचनबाट र सात जना सदस्यहरू मनोनित हुनेछन् ।
झापा– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको सातौं महाधिवेशनको तयारी थालिएको छ । प्रतिष्ठानको यहाँ सम्पन्न बैठकले सो महाधिवेशन नवलपुरको गैंडाकोटमा आउदो महिनाको अन्तिम साता सम्पन्न गर्ने गरी तयारी थालिएको हो ।
सो अधिवेशन चैतको अन्तिम साताको अर्थात यो सालको अन्तिम दिन चैत ३० गतेका लागि तय भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको यहाँ सम्पन्न सचिवलाय वैठकले सो निर्णय गरेको प्रतिष्ठानका केन्द्रीय सदस्य चन्द्रमणि अधिकारीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको महाधिवेशन तीन तीन वर्षमा हुने गर्दछ । यसअघि छैटौं महाधिवेशन वुटबलमा भएको थियो ।
केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि सातवटै प्रदेशका प्रदेश अधिवेशन सम्पन्न भएका छन् । त्यसअघि जिल्ला अधिवेशनहरू गरिएका थिए । जिल्ला अधिवेशन अघि पालिकास्तरमा गठन भएका समितिको पनि अधिवेशन गरिएको थियो ।
उक्त महाविधेशनमा केन्द्रीय सल्लहकारहरू, केन्द्रीय प्रतिनिधिहरू, प्रदेशका समितिहरू, परिषदका सदस्यहरू, जिल्ला अध्यक्षहरू तथा पर्यवेक्षकहरूले भाग लिने बताइको छ ।
उक्त अधिवेशनमा आयोजक अर्थात केन्द्रीय समितिका पदाधिकारीहरू, सल्लाहकारहरू प्रदेश तथा जिल्लाका प्रतिनिधि पर्यवेक्षक गरी करिब चार सयले भाग लिने अनुमान गरिएको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालका अध्यक्ष नरेन्द्रकुमार अधिकारीले बताउनु भएको छ ।
प्रकाशित मिति २०८१ फाल्गुन २४, शनिबार १८:५६ गते