सामाजिक विकास कार्यालयको सहयोगमा महिला दिवसमा विविध कार्यक्रम

सामाजिक विकास कार्यालयको सहयोगमा महिला दिवसमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २६ गते सोमबार ०७:१४

सो अवसरमा चार जना महिला र एक महिला समुहलाई सम्मान गरिनुका साथै लोकगीत प्रतियोगिताको सञ्चालन गरिएको थियो ।

सम्मानित हुनेहरूलाई सम्मान पत्र, दोसल्लाका साथ नगद सहित सम्मान गरिएको थियो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम यहाँ ११५औं अन्तराष्ट्यि महिला दिवसमा विविध कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमालको प्रमुख आतिथ्यतामा तथा सामाजिक विकास कार्यालय, लमजुङको सहयोगमा फागुन २४ गते भएको हो ।
सो अवसरमा चार जना महिला र एक महिला समुहलाई सम्मान गरिनुका साथै लोकगीत प्रतियोगिताको सञ्चालन गरिएको थियो । सम्मानित हुनेमा कला र साहित्यतर्फ कमला केसी, समाजसेवातर्फ धनुदेवी मिया, पत्रकारितातर्फ बेलिना थापा, संघर्षशील महिलातर्फ जमुना गुरुङका साथै उद्यमशीलतातर्फ राधाकृष्ण आमा समुहलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूलाई सम्मान पत्र, दोसल्लाका साथ नगद सहित सम्मान गरिएको थियो ।
यसैबीच, सोही अवसरमा आयोजित लोकगीत प्रतियोगितामा बेसीशहर– ११ का चिति तिलाहर महिला संजाल पहिलो भएको छ । बेसीशहर– १० को समृद्धि आमा समूह समता महिला संजाल दोस्रो भएका छन् । त्यस्तै, उन्नतीशील महिला समुह तेस्रो भयो ।
सो प्रतियोगितामा बेसीशहर २ र ८ का महिला सञ्जालले सान्त्वना स्थान हासिल गरेको छ । सो प्रतियोगितामा पहिलो हुन टिमले नगद १० हजार र प्रमाणपत्र पुरस्कार दिइएको आयोजकको भनाइ छ । दोस्रो हुनेलाई नगद सात हजार र प्रमाणपत्र तथा तेस्रो हुने टिमलाई पाँच हजार तथा सान्त्वना दुई समूहलाई ३÷३ हजारका दरले नगद तथा प्रमाणपत्र पुरस्कार स्वरुप दिइएको आयोजक संस्थाकी अध्यक्ष मिना बस्नेत रावलले जानकारी दिनु भयो ।
कार्यक्रमका विजेताहरूलाई प्रमुख आतिथि गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमाल, सामाजिक विकास कार्यालयका प्रमुख मीता थापा, बेसीशहर नगरपाकिलाका उपमेयर पद्मा गुरुङ, नगरपालिकास्तरीय महिला सञ्जाल बेसीशहर नगरपालिकाकी अध्यक्ष मिना बस्नेत रावलले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
बेसीशहर नगरपालिका उपप्रमुख पदमा गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख बुनाकुमारी रिमाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नगरपालिकास्तरीय महिला सञ्जाल बेसीशहर नगरपालिकाकी अध्यक्ष मिना बस्नेत रावलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन बेसीशहर नगरपालिका– १० निवासी आयोजक महिला संजालका सदस्य सुर्यकला थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन २६, सोमबार ०७:१४ गते
हजुरको प्रतिक्रिया