क्याम्पसहरूमा स्ववियु निर्वाचन : मनोनयन पत्र दर्ता आज

क्याम्पसहरूमा स्ववियु निर्वाचन : मनोनयन पत्र दर्ता आज

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २७ गते मङ्गलबार ०८:४३

आउँदो चैत ५ गते त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ ।

यो वर्षबाट निर्वाचनमा उम्मेदवारका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र आज दर्ता हुने भएको छ । फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आउँदो चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो । त्यसका लागि आज मनोनय दर्ता गरिदैछ ।
यसअघि हिजो प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता भएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उमेदवारका लागि मनोनयन पत्र फागुन २६ गते वितरण गरिसकिएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताउनु भयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उमेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको छ । उहाँले भन्नुभयो, ‘आज फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।’ स्ववियू निर्वाचनका लागि दर्ता भएका सबै संगठनका उमेदवारले मनोनयन पत्र लगेको उहाँले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले सबै क्याम्पसबाट उमेदवारीका लागि मनोनयनपत्र लिने काम भइस्केको बताउनु भयो । त्यस्तै, अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि आफ्नो संगठनले सबै क्याम्पसमा मनोनयन पत्र लिएको जानकारी दिनुभयो ।
उता, अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरले पनि आफ्नो संगठनको उमेदवारी दर्ता गराउन लागि सबै क्याम्पसमा मनोनयन पत्र लिने भाका गरिसकेको बताउनु भयो ।
यो वर्षबाट निर्वाचनमा उम्मेदवारका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । आउँदो चैत ५ गते एकै दिन देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुने तयारी छ ।

प्रकाशित मिति २०८१ फाल्गुन २७, मंगलवार ०८:४३ गते
हजुरको प्रतिक्रिया