स्ववियु निर्वाचन : पद्मकन्यामा भूपी ऐर नेविसंघबाट आधिकारिक उम्मेदवार

स्ववियु निर्वाचन : पद्मकन्यामा भूपी ऐर नेविसंघबाट आधिकारिक उम्मेदवार

एजेन्सी

@antaranganews

२०८१ चैत ३ गते सोमबार ०९:१२

मतदान हुनु भन्दा तीन दिन अघि चैत ४ गते मात्र नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ऐर नेतृत्वको समूहलाई आधिकारिकता दिनु भएको हो, विवादका कारण सो क्याम्पसमा चैत ७ गते मतदात हुने भएको छ ।

ऐर महामन्त्री गगन थापानिकट र परियारलाई सभापति शेरबहादुर देउवा निकटका रुपमा पचिरित हुनुहुन्छ । यो सँगै पद्मकन्या क्याम्पसले पहिलो दलित स्ववियु सभापति पाउने अवसर गुमाएको छ ।

काठमाडौं– बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले स्ववियु चुनावका लागि भूपेश्वरी ऐर (भूपी) नेतृत्वको टिमलाई आधिकारिकता दिएको छ । मतदान हुनु भन्दा एक दिन अघि चैत ४ गते मात्र नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ऐर नेतृत्वको समूहलाई आधिकारिकता दिनु भएको हो ।
निर्वाचन अधिकृतलाई पत्र पठाउँदै अध्यक्ष शेर्पाले नेविसंघको आधिकारिक समर्थन ऐर नेतृत्वको समूहका उम्मेदवारलाई भएको खुलाउनु भएको छ । यो सँगै पद्मकन्या क्याम्पसले पहिलो दलित स्ववियु सभापति बन्ने अवसर गुमाएको छ ।
पद्मकन्यामा नेविसंघबाट ऐर र पूर्णिमाया परियारले सभापतिमा उम्मेदवारी दिएका थिए । ऐर महामन्त्री गगन थापानिकट र परियारलाई सभापति शेरबहादुर देउवा निकटका रुपमा पचिरित हुनुहुन्छ । ऐर विद्यमान स्ववियुकी सचिव हुन् भने परियार सदस्य रहेको जानकारीमा आएको छ ।
पद्मकन्या क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरूले नेविसंघबाट पद्मकन्याको स्ववियु चुनावमा एक जनाको मात्र उम्मेदवारी परेको र स्वतन्त्र समूहलाई नेविसंघले समर्थन गर्न नमिल्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘नेविसंघबाट स्वतन्त्र समूहलाई आधिकारिकता दिइयो भन्ने फेक पत्र बनाइएको रहेछ, पद्मकन्यामा नेविसंघबाट एक जनाको मात्र उम्मेदवारी परेको छ, आधिकारिक त त्यही हो नि !’
अन्य क्याम्पसमा भने स्ववियु निर्वाचन यही चैत ५ गतेका लागि तोकिएको छ ।
सो क्याम्पसमा आठ विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।
नेविसंघ संस्थापन पक्षले परियारलाई टिकट दिएपछि अर्कोपक्षले सचिव ऐरलाई अघि सारेको थियो । त्यसैकारण ऐरलाई बागी उम्मेदवारको संज्ञा समेत दिइको थियो ।
उता वामपन्थी विद्यार्थी भने एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा संयुक्त प्यानल बनाएर चुनावमा उत्रिएका छन् । अनेरास्ववियुकी सुनिता घिमिरेले सभापतिमा उम्मेदवारी दिनु भएको छ । सचिवमा अखिल क्रान्तिकारीकी सदिक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईले उम्मेदवारी दिनु भएको जानकारीमा आएको छ ।
कांग्रेसको गुटबन्दीले त्रिविका १७ आंगिक क्याम्पसमा रोकियो स्ववियु निर्वाचन :
यसैबीच, विद्यार्थी संगठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका १७ वटा आंगिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुने भएको छ । देशभर त्रिविका ६२ आंगिक तथा हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् ।
त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा भोलि चैत ५ गते स्ववियु निर्वाचन गर्ने तालिका छ ।
तर विद्यार्थी द्वन्द्वका कारण उपत्यकाभित्र आठ र उपत्यकाबाहिर नौ गरी १७ आंगिक क्याम्पसको निर्वाचन प्रक्रिया बिथोलिएको त्रिविले जनाएको छ ।
त्रिविका अनुसार उपत्यकाका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, पद्मकन्या क्याम्पस बागबजार, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस बागबजार, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस घण्टाघर र सरस्वती क्याम्पस ठमेलमा भोलि हुने निर्वाचन प्रक्रिया रोकिएको हो ।
यी क्याम्पसहरूमध्ये नेपाल ल र विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारी तथा अन्य क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको त्रिविले जनाएको छ । त्यस्तै उपत्यकाबाहिरका सिद्धनाथ क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, तेह्रथुम क्याम्पस, रारा बहुमुखी क्याम्पस, महेन्द्र मोरङ क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पसमा पनि निर्वाचन बिथोलिएको त्रिविले जनाएको छ ।
क्याम्पसहरूमा स्ववियू निर्वाचन प्रभावित हुनुमा कांग्रेसनिकट नेविसंघभित्रको आन्तरिक विवाद मुख्य देखिएको छ । केही क्याम्पसमा अन्य विद्यार्थी संगठनबीको विवादले पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।
कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइरालाको गुटका कारण स्विवयु निर्वाचन बिथोलिएको हो । निर्वाचन प्रक्रिया अवरुद्ध भएकामध्ये अधिकांश क्याम्पसमा तालाबन्दी गरिएका छन् ।
ती सबै क्याम्पसमा असन्तुष्ट विद्यार्थी संगठनबीच संवाद भइरहेको त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले बताउनु भएको छ । उहाँका अनुसार यी क्याम्पसमा ५ गते निर्वाचन हुन नसके पनि अर्को एक÷दुई दिनमा निर्वाचन गर्ने गरी छलफल भइरहेको छ ।
स्मारणीय छ, दुई वर्षअघि सम्पन्न भएको निर्वाचनमा त्रिवि अन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यकाबाहिरका ६ गरी १२ वटामा मनोनयनसमेत हुन सकेको थिएन ।
निर्वाचन निर्देशिकाअनुसार प्रक्रिया बिथोलिएका सबै क्याम्पसमा चैत २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने हुन्छ । किनकि पहिलोपटक तोकिएको मितिबाट १५ दिनभित्र निर्वाचन गर्नैपर्ने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित मिति २०८१ चैत्र ४, सोमबार २१:१२ गते
हजुरको प्रतिक्रिया