कलेज र पदाधिकारीमाथि लगाइएका आरोपहरू आधारहीन : केएसएल

कलेज र पदाधिकारीमाथि लगाइएका आरोपहरू आधारहीन : केएसएल

एजेन्सी

@antaranganews

२०८१ चैत ४ गते मङ्गलबार ०६:२०

सञ्जालमार्फत खुला बार्गेनिङ गरिरहेकी ती छात्राले संग्रौला बाहेक कलेजका अन्य प्राध्यापकहरूलाई मात्रै होइन आफ्नै हजुरवुवालाई समेत बलत्कारी भएको अमर्यादित टिप्पणी गरेको देखिन्छ । यसबाट पनि ती छात्राको नियतको उजागर भएको छ ।

‘नियोजित तथा संगठित योजना तहत कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरू आधारहीन मात्रै नभई सामाजिक मर्यादाविपरीत’

काठमाडौं– काठमाडौं स्कुल अफ लले सामाजिक सञ्जाल मार्फत आफू र आफ्ना पदाधिकारी माथि लगाइएका आरोपहरू तथ्य तथा आधारहीन रहेको बताएको छ । कलेजले पत्रकार सम्मेलन गरी जारी गरेको विज्ञप्तिमार्फत लगाइएका आरोपहरू आधारहीन मात्रै होइन सामाजिक मर्यादाविरुद्ध समेत रहेको चैत ३ गते जानकारी दिएको हो ।
कलेजबाट भर्खरै पास आउट भएकी एक विद्यार्थीले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत काठमाडौं स्कुल अफ लका कार्यकारी निर्देशक तथा प्रध्यापक डा. युवराज संग्रौला लगायत केही प्राध्यापकविरुद्ध धारा प्रवाह गाली गलौज गर्दै विभिन्न आरोप लगाउँदै आएको सन्दर्भमा कलेजले पत्रकार सम्मेलन गर्दै त्यो हर्कत नियोजित तथा संगठित योजनाको उपज भएको जनाएको छ ।
एउटा व्यक्तिले बिना कुनै आधार र तथ्य आफ्ना प्रध्यापकहरू माथि अश्लील गाली गलौच गर्दै विभिन्न अरोपहरू लगाउने र उनैले समाजिक सञ्जालमार्फत लागएको आरोपका आधारमा सञ्चार माध्यमहरू मार्फत सार्वजनिक भएका समाचार बारे कलेजको गम्भिर ध्यानाकर्षण भएको जनाउदै समाचार लेख्नुअघि कम्तिमा तथ्यहरूको जाँच गरिदिन कलेजले आग्रह गरेको छ ।
घटनाक्रमहरूले निज विद्यार्थी नभई कलेज र कलेजका पदाधिकारी र तिनका परिवारहरू केही दिनदेखि पिडित रहेको तथ्यतर्फ ध्यानाकर्षण गराउँदै कलेजले भनेको छ ः ‘यस्ता सामाजिक मर्यादा बिपिरत र मानवअधिकार बिरोधी गतिबिधि प्रति दःख व्यक्त गर्नुबाहेक हामीसंग कुनै शब्द छैन ।’ यस घटनाले जुनसुकै व्यक्तिले जुनकुनै अवस्थामा जो माथि पनि आरोप लगाइदिन सक्ने अवस्थाको उजागर गर्दै यसबाट हाम्रो स्थापित सामाजिक मर्यादा र न्याय प्रणालीमाथि गंम्भिर झापट हानेको समेत कलेजले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिले झुटा र तथ्यहीन आरोप लगाइएका आधारमा स्थापित सञ्चारका माध्यमले समाचार बनाउने कार्यले दसकौंको संघर्षबाट स्थापित यो शैक्षिक संस्था र यहाँका पदाधिकारीको मानमर्दन गर्ने काम भएको कलेजले जनाएको छ ।
यदि कसैको कुनै गुनासो भए र आरोप भए त्यसको छानविनका लागि राज्यका स्थापित न्याय प्रणालीको साहरा लिनुको साटो हठात व्यक्तिको मानमर्दन हुने गरि सुरु गरिएको मिडिया ट्रायलबाट आफूहरू दुःखी भएको बताउँदै कलेजले भनेको छ ः ‘यस्तो प्रबृतिले कस्तो समाजको निर्माण होला । सामाजिक सञ्जालबाटै आरोप लगाउने, त्यही बहस गरिने र त्यही फैसला गर्ने यही हर्कतले यो समाजलाई कहाँ पुर्याउला ?’
पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै प्राध्यापक डा. युवराज संग्रौलाले आफू जस्तो सुकै अनुसन्धान र छानविनका लागि तयार भएको भएपनि यस घटनाबाट आरोप लगाउने व्यक्ति भन्दा उनका कारण आफूहरू बास्तविक पिडित रहेको बताएका छन् ।
२५ बर्षको गौरवपूर्ण इतिहास बोकेको काठमडौं स्कुल अफ ल र आफू माथि नियोजित रुपमा षडयन्त्र गरि यस प्रकारको आक्रमण सुरु गरिएको बताउदै डा. संग्रौलाले भन्नुभयो ः ‘यस कलेज मार्फत आफूले दसकौंदेखि नेपाली समाजको गौरवपूर्ण इतिहास र संस्कारलाई कायम राख्न गरेको प्रयत्नको बदलामा देशलाई राजनीतिक रुपमा मात्रै होइन सांस्कृतिक रुपमै विदेशीको गुलाम बनाउने समूहबाट नियोजित रुपमा आक्रमण गरियो ।’ उहाँका अनुसार यद्दपी उठेका सन्दर्भहरूका बारेमा सम्बोधन गर्न स्वतन्त्र र निष्पक्ष छानविन समिति निर्माण गरिसकिएको जनाउँदै आवश्यक परे राज्यका अन्य निकायहरूले पनि छानविन गर्न सक्छन् । आफू कहाँ अध्ययनरत कुनैपनि आस्था र विश्वासका विद्यार्थीलाई कुनै पनि विभेद नगरिएको स्पष्ट गर्दै डा. संग्रौलाले भन्नुभयो ः ‘आफू अभिभावक भएकाले उनीहरूलाई सही मार्गनिर्देश गर्नु र राज्यलाई असल नागरिक हस्तान्तरण गर्नु आफ्नो दायित्व भएकाले मैले त्यही गरिरहेको मात्रै हो ।’ आफ्नो र आफ्नो समूहको मेहनतकै कारण राज्यले कानुनी अध्ययनका क्षेत्रमा एउटा अन्तरष्ट्रियस्तरको संस्था पाएको संग्रौलाले स्मरण गर्नुभएको छ ।
केही दिनदेखि डा संग्रौला र काठमाडौं स्कुल अफ लका पदाधिकारीहरू बिरुद्ध सिलसिलावद्धरुपमा सामाजिक सञ्जाल मार्फत गाली गलौज र मिथ्या आरोप लगाउने गरिएको छ । पटक पटक भिडियो मार्फत बर्बराहटको शैलीमा प्रस्तुत हुने ती छात्राले घरि संग्रौलाको परिवारका प्रत्येक सदस्यले पाँच लाखका दरले रकम दिनुपर्ने नदिए सिध्याइदिने धम्की दिने गरेको देखिन्छ । यौनिक टिप्पणी गर्ने गरेको भनि उनले तथ्य भन्दै सार्वजनिक गरेको बिषय भनेको संग्रौलाले लभ अफयर्समा नपर्न र आफ्नो करिअर तर्फ फोकस हुन भनि बोलिएको बिषयलाई मानिएको छ । आफ्नो अभिभावकले आफ्ना बच्चाहरूलाई र एउटा शिक्षकले आफ्ना विद्यार्थीलाई सम्झाउदा भन्ने सामान्य बिषय समेत यौन दुव्र्यवहारको बिषय मान्ने हो भने यहाँ परिवारको अस्तीत्व कहाँ रहला ?’ भन्ने प्रश्न समेत उठाइएको छ ।
सञ्जालमार्फत खुला बार्गेनिङ गरिरहेकी ती छात्राले संग्रौला बाहेक कलेजका अन्य प्राध्यापकहरूलाई मात्रै होइन आफ्नै हजुरवुवालाई समेत बलत्कारी भएको अमर्यादित टिप्पणी गरेको देखिन्छ । यसबाट पनि ती छात्राको नियतको उजागर भएको छ ।

प्रकाशित मिति २०८१ चैत्र ५, मंगलवार ०६:२० गते
हजुरको प्रतिक्रिया