अपाङ्गता भएका व्यक्तिका लागि कानुनी साक्षरता सहित सहायता सामग्री वितरण

अपाङ्गता भएका व्यक्तिका लागि कानुनी साक्षरता सहित सहायता सामग्री वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ४ गते मङ्गलबार ०८:३६

बेसीशहर नगरपालिका भित्र स्थायी तथा अस्थायी बसोबास गरिआएका अपाङ्गता भएका व्यक्तिहरू २२ जनालाई वितरण गरेको र अन्य आठ जनाका लागि ती सामग्री वितरण गर्न बाँकी रहेको छ ।

सो कानुनी साक्षरता कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो ।

बेसीशहर– लमज्ुङमा जिल्लास्तरीय रुपमा अपाङ्गता भएका व्यक्तिका लागि कानुनी साक्षरता कार्यक्रम गरिएको छ । अपाङ्ग संरक्षण समाजको आयोजनामा भएको सो एक दिने कार्यक्रम चैत ४ गते यहाँको सेरा स्थित होटल द टुकुचेको सभाहलमा भएको हो ।
सो कार्यक्रमको समापनका अवसरमा अपाङ्गता सहायता सामग्री समेत वितरण गरिएको थियो । बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । उहाँ र सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाले सहायता सामग्री वितरण गर्नु भएको थियो ।
आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा अर्यालले कानुनी अवस्था बारेमा जानकारी हुनुका साथै यहाँहरूको बौद्धिक विकासमा थप योगदान पुग्ने छ भने सहायता सामग्रीले दैनिकीलाई थप सहज बनाउने छ भन्नुभयो । उहाँले सहभागीहरूलाई उच्चमनोबलका साथ शीर ठाडो गर्न उत्प्रेरित गर्नु हुँदै सुखी र स्वस्थ्य जीवनको कामना गर्नु भएको थियो ।
त्यस्तै, सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाले यहाँहरूको व्यक्तिगत जीवनमा सहजताका लागि आफूहरूले काम गरिरहेको र भोलिका दिनमा पनि आयोजक संस्थाको नेतृत्वसँग यहाँहरूको आवश्यकता र कार्यालयको क्षमता अनुसारका कार्यक्रमलाई निरन्तरता दिइनेछ भन्नुभयो ।
उक्त साक्षरता कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष एवम् अपाङ्ग अधिकारका अभियन्ता चन्द्रकान्त पौडेलले ूस्थानीय अधिकार तथा स्थानीय समस्या, सवाल र चुनौतीका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, नेतृत्व क्षमता र नेतृत्वका आधारहरू विषयमा सामाजिक विकास कार्यालयका प्रमुख मिताकुमारी थापाले प्रशिक्षण दिनु भएको थियो भने राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनका बारेमा बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले जानकारी गराउनु भएको थियो ।
सो कानुनी साक्षरता कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा दूधपोखरी गाउँपालिका बाहेक जिल्लाका सात पालिकाहरू बेसीशहर नगरपालिकाका अतिरिक्त दोर्दी गाउँपालिका, मर्स्याङदी गाउँपालिका, क्ब्होलासोंथर गाउँपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार र राइनास नगरपालिकाबाट प्रतिनिधित्व गर्नु भएको आयोजक संस्थाका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो ।
सो अवसरमा सहायता सामग्री समेत वितरण गरिएको थियो । सहायता सामग्री बेसीशहर नगरपालिकाको सहयोगमा बेसीशहर नगरपालिका भित्र स्थायी तथा अस्थायी बसोबास गरिआएका अपाङ्गता भएका व्यक्तिहरू २२ जनालाई वितरण गरेको आयोजक संस्थाका सचिव सीताराम बसेलले बताउनु भयो । उहाँका अनुसार ती सामग्री पाउनेमा १८ जना पुरुष तथा चार जना महिला हुनुहुन्थ्यो ।

त्यस्तै, अन्य आठ जनाका लागि ती सामग्री वितरण गर्न बाँकी रहेको छ । ती सामग्री निकट भविष्यमै वडानंं– ४ को बाख्रेजगत र वडानं– ११ को चितिमा सचेतना कार्यक्रमका साथ वितरण गर्ने योजना रहेको छ । उहाँले भन्नुभयो, ‘वितरण गरिएका सहायता सामग्रीमा वैशाखी, सेतो छडी, लौरो, एल्बो बैशाखी, पोष्चर बेल्ट, श्रवण यन्त्र, वाकर(दुवै हातगोडा लुलो हुनेले प्रयोग गर्ने) तथा बैशाखीको रबर आदि रहेका थिए ।’
अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले स्वागत तथा कार्यक्रमको औचित्यमा प्रकाश पार्ने काम गर्नु भएको थियो भने सञ्चालन सचिव सिताराम बसेलले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र ५, मंगलवार ०८:३६ गते
हजुरको प्रतिक्रिया