राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा छ वटा वडाको अधिवेशन तयारी पुरा

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा छ वटा वडाको अधिवेशन तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ६ गते बिहिबार ०५:३८

रास्वपाको पहिलो वडाअधिवेशन भएको हुँदा यसलाई ऐतिहासक तथा उदाहरणीय र स्मरणीय के कसरी बनाउन सकिन्छ भन्ने तयारीमा आफूहरू जुटिरहेका खबर भोर्लेटारबाट प्राप्त भएको छ ।

अधिवेशनकै सन्दर्भमा मध्यनेपाल– २ को तान्द्राङ टक्सारमा ८ गते साँझ विशेष लोक तथा दोहोरी गीतका पारखी रहनु भएका रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाइँको समुपस्थितिमा विविध सांस्कृति कार्यक्रम छ ।

बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले छ वटा वडाको वडा अधिवशेनको तयारी पुरा गरेको छ । सो दलले सुन्दरबजार नगरपालिकाका चार र मध्यनेपाल नगरपालिकाका दुई वटा वडाको अधिवशेन गर्ने तयारी पुरा गरेको जनाएको हो । ती अधिवशेन चैत ८ गते र ९ गतेका दिन सम्पन्न हुने भएका हुन् ।
ती सबै वडाको अधिवेशन बहुप्रतीभाका धनी, प्रखर वक्ता, रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाइँको विशेष उपस्थितिमा हुने भएको हो । उक्त अवसरमा रास्वपाको संगठन विभागका केन्द्रीय सदस्य धर्म केसीका साथमा रास्वपाका जिल्लास्तरका नेताहरू समेत सहभागी हुनु हुने रास्वपाको सुन्दरबजार नगरसमितिका अध्यक्ष श्याम केसीले जानकारी दिनु भएको छ । उहाँका अनुसार सुन्दरबजार नगरपालिका– ६, ७, ८ र ९ वडाको अधिवेशन एकसाथ चैत ८ गते हुने भएको छ ।
सुन्दरबजार नगरपालिका– ६, ७, ८ र ९ वडाको अधिवेशन एकसाथ हुने वडा अधिवेशन वडानं– ९ को पैह्रे स्थित तामाङ सामुदायिक भवनको सभाहलमा सञ्चालन हुने रास्वपाको नगर समितिका सचिव राजेन्द्र अधिकारीले बताउनु भएको छ ।
त्यस्तै, मध्यनेपाल नगरपालिका– २ र ६ को वडा अधिवेशन चैत ९ गते गर्ने तयारी छ ।
अधिवेशनकै सन्दर्भमा मध्यनेपाल– २ को तान्द्राङ टक्सारमा ८ गते साँझ विशेष लोक तथा दोहोरी गीतका पारखी रहनु भएका रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाइँको समुपस्थितिमा विविध सांस्कृति कार्यक्रम समेतको आयोजना गरिएको सो वडा समितिले जनाएको छ । सो वडाको अधिवेशन ९ गते विहान ७ बजे नाग भैरव स्थानमा रहेको खेल मैदानमा गर्ने तयारी पुरा भएको छ ।
सो अधिवेशन तथा ८ गते साँझको सांस्कृतिक कार्यक्रममा केन्द्रीय नेता एवम् लोक दोहोरीका पारखी रमेश प्रसाईका साथमा सो दलको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी, जिल्ला अध्यक्ष अशोक सापकोटा, रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीसहित प्रदेश र जिल्लास्तरका अन्य पदाधिकारी तथा व्यक्तित्वहरूको सहभागिता रहने भएको जानकारीमा आएको छ ।
त्यसैगरी, ९ गतेका दिन दिउँसो हुने मध्यनेपाल नगरपालिका– ६ को वडाधिवेशन नगरपालिकाको केन्द्र रहेको भोर्लेटारमा भव्य रुपमा सम्पन्न गर्ने गरी तयारी पुरा भएको छ । अधिवेशन अघि भोर्लेटारको रानीपानी चोकमा कोणसभा गरी र्याली समेत गरिने छ । र्यालीले भोर्लेटार बजार गरिक्रमा गरी कार्यक्रम स्थल सिद्ध सामुदायिक सभाहलमा प्रवेश गर्ने छ । त्यसअघि भोर्लेटारको इलाका प्रहरी कार्यालयको अघि रहेको चोकमा तथा पाखुरी चोकमा पनि कोणसभाको आयोजना गरिएको सोही वडामा जन्मथलो रहेका रास्वपाका जिल्ला कोषाध्यक्ष विजयरञ्जन पौडेलले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार सो वडा अधिवेशनका अवसरमा भोर्लेटार बजार क्षेत्रको सामाजिक एवम् शैक्षिक विकासमा योगदान गर्नु हुने जीवीत व्यक्तित्वलाई सम्मान गर्नुका साथै दिवंगतहरूको समेत स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
‘रास्वपाको पहिलो वडाअधिवेशन भएको हुँदा यसलाई ऐतिहासक तथा उदाहरणीय र स्मरणीय के कसरी बनाउन सकिन्छ भन्ने तयारीमा आफूहरू जुटिरहेका छौं ।’ रास्वपाका सो वडाका अध्यक्ष विष्णुनारायण श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । उहाँले भन्नुभयो, ‘वडाअधिवशेनमा केन्द्रीय तथा जिल्लास्तरका नेताहरूको सहभागिता रहने खबरले हामीलाई थप उत्साहित बनाएको छ ।’

प्रकाशित मिति २०८१ चैत्र ७, बिहीबार ०५:३८ गते
हजुरको प्रतिक्रिया