राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे एकै दिन चार वडाको अधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे एकै दिन चार वडाको अधिवेशन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ८ गते शनिवार ०७:०७

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सो दलको संगठन विभागका केन्द्रीय सदस्य धर्म के.सीले सपथ खुवाउनु भएको थियो ।

कांग्रेसमा विपि, गणेशमान, कृष्णप्रसाद भट्टराईको आदर्श, कम्युनिस्टमा पुष्पलाल, मनमोहन, मदन भण्डारीले स्थापित गर्न खोजेको मूल्य मान्यता रहिरहेको भए आज रास्वपा जन्मने थिएन : केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईं

सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकै दिन चार वटा वडाको अधिवेशन सम्पन्न गरेको छ । रास्वपाका केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको प्रमुख आतिथ्यतामा सुन्दरबजार नगरपालिकाको चार वटा वडा ६, ७, ८ र ९ को अधिवेशन  वडा नं. ९ को पैह्रे स्थित तामाङ समाजको सभाहलमा चैत ८ गते सम्पन्न भएको हो ।

बहुप्रतिभाका धनी, प्रखरवक्ता, रास्वपाका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईले घण्टी बजाएर सो अधिवेशनको उद्घाटन गर्नु भएको हो । सो अवसरमा उहाँले सार गर्भित संक्षिप्त मन्तव्यमा समसामयिक समग्र विषयमा प्रकाश पार्नु भएको थियोे । उहाँले कांग्रेसमा विपि, गणेशमान, कृष्णप्रसाद भट्टराईको आदर्श, कम्युनिस्टमा पुष्पलाल, मनमोहन, मदन भण्डारीले स्थापित गर्न खोजेको मूल्य मान्यता रहिरहेको भए आज रास्वपा जन्मने थिएन’ भन्नू भयो । उहाँले रास्वपा वडावडामा रवि लामिछाने जन्माउने अभियानमा जुटेको जानकारी दिनुभयो ।

उहाँले रास्वपालाई सोधिने प्रश्न, गरिने खिसिट्युरी, अन्य दलभन्दा रास्वापा किन भिन्न छ ? भन्ने प्रष्ट्याउनु भएको थियोे । त्यसैगरी सभापति रवि लामिछानेले सहेको दुःख यो देश, समाज, हामीहरु तथा भावी पुस्ताका लागि हो भन्नु भयो । यदि रविले राष्ट्रिय भाउजू र प्रधानमन्त्री ओलीका सामु लम्पसार परेर म भुटानी शरणार्थी र गिरिबन्धुको फायल खोल्दिन भनेको भए ८४ दिन प्रहरी कष्टडीमा वस्नु पर्ने थिएन भन्ने उल्लेख गर्नु भयो । उहाँले रास्वपाकै २१ जना सांसदका कारण रुग्ने र उग्ने रुपमा रहेको संसद, संसद जस्तो भएको छ भन्नुभयो ।
कार्यकर्ताहरुलाई निर्देशन दिदै उहाँले भन्नु भयो, आज बन्ने समिति रास्वपाको अनुहार हो, त्यसैले यो पार्टीमा लाग्नेको चरित्र शुद्ध हुनुपर्छ, त्यो भारी तपाईंको काधमा छ र तपाईंलाई गल्ती गर्ने छुट छैन । त्यस्तै जनतासंग बस्नु होला, उहाँहरुको कुरा सुन्ने र दुःख सुखको साथी बन्नुहोला, गाउँठाउँमा पुगेर त्यहाँ हुने भ्रष्टाचारको भण्डाफोर गर्नु होला भन्नुभयो । यसैगरी, राम्रा मान्छेलाई जोड्ने काम गर्नु होला, हिजो कांग्रेस, कम्युनिस्टबाट दिक्षीत व्यक्तिलाई जोड्ने काम गर्नु होला । साथै हामी परिस्कृत गणतन्त्र र संघीयता चाहन्छौं, संघीयता बोझिलो हुनुहुदैन, त्यसैले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्य मन्त्री हुनुपर्छ भन्ने हाम्रो माग हो प्रसाईले उल्लेख गर्नुभयो । अन्त्यमा उहाँले कुनै दिन आफू पनि वामपन्थी भएर ओलीको पछि लागेकै हो तर त्यहाँ त्यसको चुरो छैन, न त कांग्रेसमा हिजोको आदर्श छ त्यसैले रास्वपामा लाग्नुहोस् भन्ने आव्हान गर्नुभयो ।
सो अवसरमा मन्तव्य राख्दै रास्वपाको केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले रास्वपा खहरे हो भन्नेहरुलाई जवाफ दिदै यो देशका घुसखोर र भ्रष्टहरुलाई बडार्नका लागि रास्वपा खहरे पनि बन्छ र त्यसपछि हिमनदी, मस्र्याङ्दी जस्तो शान्त र स्थिर बनेर रहनेछ भन्ने ठोकुवा गर्नु भयो । उहाँले हामी रास्वपामा जोडिएका मानिसलाई सानो भन्दा सानो पनि गल्ती गर्ने छुट छैन भन्नुभयो ।
अधिवेशन सुरूहुन अघि सुन्दरबजार ९ भोटेओडार बँगैचाबाट सुरु भएको ¥याली पैरे स्थित तामाङ घेदुङको हलमा पुगेर अधिवेशनमा परिणत भएको हो । सो अधिवेशनका लागि रास्वपाका केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी, जिल्ला सभापति अशोक सापकोटा, उपसभापति प्रकाश थापा, सल्लाहकार संयोजक नवराज पहाडी लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनले सुन्दरबजार ६ को सभापति पवन ढकाललाई चयन गरेको छ । यसैगरी उपसभापतिमा निश्चल रेग्मी, सचिव सरस्वती अधिकारी न्यौपाने र सदस्यहरुमा मुना बानिया, सूर्यनाथ अधिकारी, यज्ञप्रसाद अधिकारी, किरण मगर, विरेन्द्र के.सी हिरा बहादुर के.सीलाई चयन गरेको छ ।

उक्त अधिवेशनमा निर्वाचन समितिमा रहेर सो पार्टीका जिल्ला सचिव रमा खड्काले संयोजक तथा मिना खड्का र सविता अधिकारी बरालले सदस्यको भुमिका निभाउनु भएको थियो ।
यस्तै वडा नं. ७ को सभापतिमा प्रकाशचन्द्र पोख्रेल उपसभापति विष्णु माया बस्नेत, सचिव विचारी प्रसाद पौडेललाई चयन गरेको छ । सदस्यहरुमा गणेश प्रसाद अधिकारी, मुराहरि पोख्रेल र काशीराम गुरुङलाई चयन गरेको छ । यसैगरी वडा नं. ८ को सभापतिमा विष्णु प्रसाद गौली, उपसभापति पुरुषोत्तमराज ढकाल र सचिव मञ्जुमाया अधिकारी ढकाललाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा कमला मगराती, कल्पना विश्वकर्मा, चन्द्र बहादुर गुरुङ, गोविन्द कार्की, कृष्ण बहादुर थापा, विष्णु बहादुर कुँवर, वसन्तराज ढकाल र चन्द्रा अधिकारीलाई चयन गरेको छ ।
यसैगरी वडा नं. ९ को सभापतिमा मनोज अधिकारी उपसभापतिमा गोमा लामा, र सचिवमा सीता अधिकारीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा बुद्धिसागर घर्ती, सितलकुमार श्रेष्ठ, सोम पराजुली, कर्ण बहादुर तामाङ, सीता अधिकारी, कृष्ण परियार, सविना मिया र बद्रिनारायण पौडेल लाई चयन गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सो दलको संगठन विभागका केन्द्रीय सदस्य धर्म के.सीले सपथ खुवाउनु भएको थियो । सुन्दरबजार नगर कमिटि सभापति श्याम के.सीको अध्यक्षतामा भएको सो अधिवेशनमा स्वागत उपसभापति दिपेन्द्रले गर्नुभएको थियो भने सञ्चालन नगर संगठनका प्रमुख ज्ञानेन्द्र शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र ९, शनिबार ०७:०७ गते
हजुरको प्रतिक्रिया