दुराडाँडा कला साहित्य प्रतिष्ठानको अध्यक्षमा पुनः दिपेन्द्र घिमिरे

दुराडाँडा कला साहित्य प्रतिष्ठानको अध्यक्षमा पुनः दिपेन्द्र घिमिरे

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १० गते सोमबार ०७:१४

उक्त प्रतिष्ठानको विधान अनुसार कार्य समितिको कार्यकाल तीन वर्षको हुन्छ । प्रतिष्ठानमा आजीवन सदस्य ६० जना रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सो प्रतिष्ठान २०७४ सालमा स्थापना भएको हो ।

सो प्रतिष्ठानमा ६० जना आजीवन सदस्य रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो यहाँ स्थित दुराडाँडा कला साहित्य प्रतिष्ठानको तेस्रो अधिवेशन सम्पन्न भएको छ । चैत ९ गते भएको प्रतिष्ठानको पदाधिकारी चयन प्रक्रियाबाट अध्यक्षमा पुनः दिपेन्द्र घिमिरे चयन हुनु भएको छ । घिमिरे प्रतिष्ठानको संस्थापक ंंसंयोजक समेत हुनुहुन्छ ।
उक्त कार्यक्रममा विभिन्न प्रस्ताव र निर्णयहरू गरिएको थियो । उक्त प्रस्ताव र निर्णय अनुसार नयाँ कार्य समितिको गठन गरियो साथै सल्लाहकार समितिको पनि चयन गरियो ।
दिपेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरूको उपस्थिति थियो । गत फागुन १६ गते गरिएको साधारण सभामा निर्वाचनका लागि समय अभाव भएको हुनाले समिति चयन कार्य थाती रहेको थियो । उक्त अधिवेशनबाट निवर्तमान अध्यक्ष दिपेन्द्र घिमिरेलाई पुनः अध्यक्ष चयन गरिएको छ ।
प्रतिष्ठानको अध्यक्ष दिपेन्द्र घिमिरे, उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव धर्मराज तिमल्सिना, कोषाध्यक्ष सूर्यकुमारी ढुङ्गाना तथा सहसचिव शिवराज कोइराला चयन हुनुभएको हो ।
यसैगरी, सदस्यहरूमा ठाकुरप्रसाद तिमल्सिना, दिल्लीबहादुर रौतेल, कमला दुरा, पुष्पराज अधिकारी, सरिता बिष्ट भट्ट, बाबुराम न्यौपाने, ईश्वरा अधिकारी, नारायणबहादुर क्षेत्री चयन हुनु भएको छ ।
त्यस्तै, सल्लाहकार समितिमा ठाकुर तिवारी, अमृत न्यौपाने(वडाध्यक्ष– वडानं ३), विश्वनाथ अधिकारी, कृष्णप्रसाद पोख्रेल (सर्वोदय मावि प्रअ) र नवराज अधिकारी (पाणिनी संस्कृत मावि प्रअ) रहनु भएको छ ।
उक्त प्रतिष्ठानको विधान अनुसार कार्य समितिको कार्यकाल तीन वर्षको हुन्छ । प्रतिष्ठानमा वरिष्ठ आजीवन सदस्य एक जना र ५९ जना आजीवन सदस्य रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सो प्रतिष्ठान २०७४ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति २०८१ चैत्र ११, सोमबार १९:१४ गते
हजुरको प्रतिक्रिया