पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारहरू शोकमा

पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारहरू शोकमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १५ गते शनिवार ०७:४०

काठमाडौं– नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारहरू शोकमा डुबेका छन् । स्थापना दिवसको संघारमा रहेको बेला हिजो राजावादीहरूले गरेको प्रदर्शनमा एक पत्रकारले ज्यान गुमाएसँगै देशभरका पत्रकारहरू शेकमा डुबेका छन् । महासंघको...

काठमाडौं– नेपाल पत्रकार महासंघको स्थापना दिवसमा पत्रकारहरू शोकमा डुबेका छन् । स्थापना दिवसको संघारमा रहेको बेला हिजो राजावादीहरूले गरेको प्रदर्शनमा एक पत्रकारले ज्यान गुमाएसँगै देशभरका पत्रकारहरू शेकमा डुबेका छन् । महासंघको स्थापना दिवस आज चैत १६ गते उक्त हत्याकाण्डको शोकसभा गरिने तयारी गरिएको छ ।
पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गर्नुभएको दुइ प्रेस विज्ञप्ती मार्फत त्यस्तो जानकारी दिइएको हो । विज्ञप्तीमा भनिएको छ ः ‘राजसंस्थाको पुनस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी अराजक समुहले आज गरेको आगजनीको समाचार संकलनको क्रममा एक संचारकर्मीको जलेर मृत्यु भएको, विभिन्न संचार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र संचारकर्मीलाई आतंकित तुल्याउने कार्य गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
सो समुहले आगो लगाएको भवनको समाचार संकलनको क्रममा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । काठमाडौंस्थित तीनकुनेमा रहेको अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुयाएको छ भने कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुंगामुढा गरी समाचार कक्षसम्म आतंक सिर्जना गरिएको छ । यस्तै हिमालयन टेलिभिजनको सवारी साधन तोडफोड गर्ने कार्य भएको जानकारी महासंघमा प्राप्त भएको छ
जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासघको ठहर छ ।’
यसैगरी, शान्तिपूर्ण प्रदर्शन गर्ने सवैधानिक अधिकारको महासंघ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन । यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासंघ सरकारसंग जोडदार माग गर्दछ । साथै, क्षति पुयाइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गर्दछ विज्ञप्तीमा भनिएको छ ।
महासंघ लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छ र यस प्रकारका हर्कत दोहोरिए त्यस विरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराउँदछ भन्ने उल्लेख छ ।
उक्त विज्ञप्तीमा थप भनिएको छः ‘रजकको जलेर निधन भएको खबरले महासंघ स्तब्ध भएको छ । महासंघ यो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्दछ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’
यसैविच, महासंघले स्थापना दिवसलाई शोक र विरोधसभाको रूपमा मनाउने जानकारी गराएको छ । महासचिव दाहालद्वारा चैत १५ गते साँझ जारी गरिएको विज्ञप्तीमा भनिएको छः बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा यही चैत १६ गते भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने जानकारी गराइन्छ ।
केन्द्रीय समितिले भोलि चैत्र १६ गते शनिबार बिहान ८ः०० माइतीघर मण्डलामा भेला भएर पत्रकारको ‘हत्या’ र सञ्चारमाध्यमाथि भएको ज्यादतीका विरुद्ध विरोधसभा गर्नेछ ।’
उक्त विज्ञप्तीमा थप भनिएको छः ‘सभामा उपस्थित भई आन्दोलनकारीले लगाएको आगोमा जलेर मृत्यु भएका पत्रकारप्रति श्रद्धाञ्जली र सञ्चारमाध्यमविरुद्ध भएको हमला विरुद्ध हातेमालो गर्न महासंघ सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताकामी सम्पूण नागरिकमा हार्दिक आह्वान गर्दछ ।’
त्यस्तै, महासंघका उपत्यका बाहिरका प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सम्पूर्ण कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न अनुरोध गरिन्छ महासचिव दाहालले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति २०८१ चैत्र १६, शनिबार ०७:४० गते
हजुरको प्रतिक्रिया