समावेशी पैरवी समूहका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

समावेशी पैरवी समूहका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १५ गते शनिवार ११:१५

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा समावेशी पैरवी समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि गर्न दुईदिने तालिम सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन लमजुङले ‘मानसिक स्वास्थ्य प्रवद्र्धन...

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा समावेशी पैरवी समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि गर्न दुईदिने तालिम सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन लमजुङले ‘मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम परियोजना’ अन्तर्गत सो तालिम सञ्चालन गरेको हो ।
तालिममा कार्यक्रम संयोजक महेन्द्र आचार्य, काउन्सिलर गीता घले र मनोवैज्ञानिक विजय राई ले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा, बेसीशहर नगरपालिका योजना शाखाका वरिष्ठ प्रशासन सहायक मोहन लम्सालले स्थानीय विकास योजना र योजना तर्जुमा प्रक्रिया सम्बन्धी विषयमा प्रकाश पार्नुभएको थियो ।
तालिमको उद्देश्य समावेशी पैरवी समूहका सदस्यहरूको क्षमता अभिवृद्धि, प्रभावकारी पैरवीका विधिहरू सिकाउने तथा आत्महत्या रोकथामका उपायहरूबारे सचेतना फैलाउने रहेको संस्थाका जिल्ला संयोजक महेन्द्र आचार्यले बताउनु भयो । उहाँका अनुसार दुई दिनसम्म चलेको तालिममा अपांगता तथा मनोसामाजिक अपांगताको विषयमा छलफल, सी.आर.पी.डी (ऋच्एम्) तथा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनका सकारात्मक पक्षहरूको जानकारी, समावेशी वकालतका प्रक्रिया लगायतका विषय समेटिएको थियो । मानसिक स्वास्थ्यप्रति समाजमा सकारात्मक दृष्टिकोण विकास गर्न यस्ता तालिमहरू आवश्यक छन्, संस्थाका जिल्ला संयोजक आचार्यले जानकारी दिनु भयो ।
सो तालिमले समावेशी पैरवी समूहका सदस्यहरूबीच सहकार्यको वातावरण सिर्जना गर्नुका साथै मानसिक स्वास्थ्यसम्बन्धी पैरवी कार्यलाई प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।
सो अवसरमा कोशिश संस्थाले अष्ट्रेलियस एड र सिविएमको सहयोग एवम् सहकार्यमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइएको थियो ।
उक्त तालिममा बेसीशहर नगरपालिका, मस्र्याङ्दी गाउँपालिका, सुन्दरबजार, राइनास र मध्यनेपाल नगरपालिकाका समावेशी पैरवी समूहका ३० जना सदस्य सहभागी थिए ।

प्रकाशित मिति २०८१ चैत्र १६, शनिबार ११:१५ गते
हजुरको प्रतिक्रिया