बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बेसीशहर नगरपलिका– ७ को वडा समितिद्वारा सोही वडाको वनथोक टोल निवासी स्व. कमलबहादुर थापाको निवासमा गएर उहाँको नवौं पुण्यतिथिमा उहाँका प्रति श्रद्धाञ्जली अर्पण गर्ने र उहाँका सुपुत्रहरू तथा सुपुत्रीद्वयलगायतका शोकसन्तप्त परिवारजमा समवेदना व्यक्त गर्ने काम भएको छ । रास्वपा बेसीशहर– ७ वडा समितिको संयोजनमा सो कार्य चैत १७ गते गरिएको हो ।
शोकसन्तप्त परिवारजन स्व. कमलबहादुर थापाका सुपुत्रहरू क्रमशः मदन, जितबहादुर, ओम र भुपिन्द्र तथा बुहारीहरू क्रमशः मञ्जु, विन्दू, जमुना र सिर्जना तथा छोरीद्वय उमा भण्डारी र रमा खत्रीलगायतका परिवारजनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समवेदना व्यक्त गर्दै एक श्रद्धाञ्जली पत्र समेत एक अनौपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । रास्वपाका सोही वडाका सचिव विष्णु घिमिरेले पार्टीद्वारा तयार गरिएको श्रद्धाञ्जली पत्र वाचन गरेर सुनाउनु भएको थियो ।
सो पत्र रास्वापाका जिल्ला सभापति अशोक सापकोटा, उपसभापति प्रकाश थापा लगायतको टोलीले संयुक्त रुपमा हस्तान्तरण गरेको हो । श्रद्धाञ्जली पत्र हस्तान्तरणको सो कार्यक्रममा रास्वपाका जिल्ला सल्लाहकार समितिका सयोजक नवराज पहाडी, जिल्ला सदस्य मीना खड्का, सविता अधिकारी बराल, रास्वपाका बेसीशहर नगर सभापति कृष्ण रावल, वडानं– ३ का सभापति हरिप्रसाद अधिकारी, वडानं– ६ का उपसभापति राजकुमार रावल, रास्वपाको बेसीशहर– १० का उपसभापति बेलबहादुर पौडेललगायतको उपस्थिति थियो ।
उक्त समवेदनापत्र स्व. कमलबहादुर थापाका भाइबुहारी एवम् सुपुत्रहरू क्रमशः मदन, जितबहादुर, ओम र भुपिन्द्रकी काकीलाई हस्तान्तरण गरिएको रास्वपाको वडानं– ७ का सचिव विष्णु घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ चैत्र १७, आईतवार १६:१३ गते