राष्ट्रिय स्वतन्त्र पार्टीको वडास्तरमा संगठन विस्तार क्रम जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको वडास्तरमा संगठन विस्तार क्रम जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १६ गते आईतबार ०८:४८

रास्वपा लमजुङ यतिबेला जिल्लाभर वडाअधिवेशनमा जुटिरहेको छ । उक्त वडामा निकट भविष्यमा वठाअधिवेशन हुने भएको छ ।

रास्वपाका जिल्ला सभापति अशोक सापकोटोले पार्टीको लोगो पहिराउँदै पार्टी प्रवेश गराउनु भएको हो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीको वडास्तरमा संगठन विस्तार क्रम जारी रहेको छ । बेसीशहर नगरपालिका– ७ को वडा अधिवेशनको तयारीका क्रममा वनथोक टोलमा सो कार्य चैत १७ गते भएको हो ।
सो अवसरमा विभिन्न दश व्यक्तित्वले स्वतस्फुर्त रुपमा रास्वपाको सदस्यता ग्रहण गर्नु भएको थियो । यसरी सदस्यता लिनेहरूमा वनथोक टोल विकास संस्था(एमाले)का टोल संयोजक तीर्थ बस्नेतलगायत हुनुहुन्छ ।
बस्नेतले रास्वपाको सदस्यता ग्रहण गर्दै आफूले धेरै समय एमालेको कार्यकर्ताको रुपमा र यो टोलको संयोजकको रुपमा पनि काम गरेको तर ऐले आएर एमालेको भन्दा रास्वपाका नीति, सिद्धान्त र कार्यक्रम प्रभावकारी लागेको हुँदा यो पार्टीको सदस्य हुन मन लागेर सदस्यता लिएको हुँ भन्नुभयो । उहाँले रास्वपाको भ्रष्टाचार विरुद्धको नीति, संवैधानिक समाजवादी सिद्धान्त तथा भ्रष्टाचारका गन्ध चलाउने ढाकाराम जस्ता व्यक्तिलाई तत्काल कारवाही गर्ने तथा रास्वपाका सांसदहरूले मन्त्री हुँदाका बखतमा कुनै पनि कुनै भ्रष्टाचारमा नमुटिएको लाएको जस्ता कार्यले आफू प्रभावित भएको उल्लेख गर्नु भयो ।
उहाँ लगायतलाई रास्वपाका जिल्ला सभापति अशोक सापकोटोले पार्टीको लोगो पहिराउँदै पार्टी प्रवेश गराउनु भएको थियो । त्यस अवसरमा १० जनाले एकसाथ रास्वपाको सदस्यता लिएको बताइएको छ ।
उक्त कार्यक्रमको सञ्चालन रास्वपाका जिल्ला उपसभापति प्रकाश थापाले गर्नु भएको थियो । सो अवसरमा सहभागीहरूको परिचयका साथमा आ–आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
रास्वपा लमजुङ यतिबेला जिल्लाभर वडाअधिवेशनमा जुटिरहेको छ । उक्त वडामा निकट भविष्यमा वठाअधिवेशन हुने भएको छ ।
सो कार्यक्रममा रास्वपाका जिल्ला सदस्य होमबहादुर राउत, मीना खड्का, बेसीशहर नगरका सभापति कृष्ण राउत, रास्वपाको बेसीशहर नगरपालिका– ७ का सभापति राजकुमार घिमिरे, वडानं– ३ का सभापति हरिप्रसाद रिमाल, बेसीशहर नगरपालिका– १० का सभापति श्रीप्रसाद गुरुङ, सोही वडाका उपसभापति वेलबहादुर घिमिरे, वडानं– ६ का उपसभापति राजकुमार राउत, बेसीशहर नगरपालिका– २ का सामाजिक अभियन्ता हरि धिताललगायतको सहभागिता थियो ।

प्रकाशित मिति २०८१ चैत्र १७, आईतवार २०:४८ गते
हजुरको प्रतिक्रिया