प्रधानमन्त्री ओलीको अर्को सनकको खुलासा सर्वदलीय बैठकमा रास्वपालाई पनि निषेध !

प्रधानमन्त्री ओलीको अर्को सनकको खुलासा सर्वदलीय बैठकमा रास्वपालाई पनि निषेध !

एजेन्सी

@antaranganews

२०८१ चैत १६ गते आईतबार ०९:३१

रास्वपा संसदको चौंथो ठूलो दल हो । आफ्नो दललाई उपेक्षा गरिएको प्रमुख सचेतक सन्तोष परियारले बताउनु भएको छ ।

सर्वदलीय वैठकमा संसदको चौंथो र पाचौं ठूला शक्ति छुटाइएका छन् ।

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीको सनकको खुलासा भएको छ । आफैले बोलाएको सर्वदलीय बैठकमा रास्वपालाई निषेध ! गरिएपछि त्यस्तो खुलासा भएको हो । सर्वदलीय बैठकमा जारी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई निषेध गरिएको छ । गणतन्त्र पक्षधर भनिएको सर्वदलीय बैठकमा राप्रपा नबोलाइएको ठीकै भए पनि रास्वपालाई समेत नबोलाउनुले गणतन्त्रवादी प्रधानमन्त्री ओलीको नियतमा खोट देखिएको छ ।
रास्वपा र राप्रपा दुवै राष्ट्रिय मान्यता प्राप्त दल समेत हुन् । ती दुवै दललाई सो बैठकमा नबोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताउनु भयो । उहाँका अनुसार प्रधानन्त्रीज्यूले बोलाउने भएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपा दुवै दललाई बोलाइएको छैन । उहाँले भन्नुभयो, ‘आवश्यक नभएर नै नबोलाएको हो ।’
राजधानीको तीनकुनेमा दुई दिन अघि राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका े बताइएको छ । राप्रपा राजावादी दल हो भन्ने जान्दा जान्दै पनि आफ्नै मन्त्रीमण्डलमा समेत सो दललाई सहभागी गराउनु भएका ओलीले ऐले भने सो दललाई निषेधको रणनीति अपनाएको बुझिएको छ ।
तर रास्वपा गणतन्त्रलाई स्वीकार गरेर खोलिएको दल हो । त्यस दलका सभापति रवि लामिछानेलगायतका नेताले पटक पटक भनिरहेका छन् कि, ‘यही व्यवस्थमा रहेका हामी आम नागरिकको जीवनस्तर बदल्छौं ।’
यसैबीच, रास्वपा संसदको चौंथो ठूलो दल हो । आफ्नो दललाई उपेक्षा गरिएको प्रमुख सचेतक सन्तोष परियारले बताउनु भएको छ ।
वैठकमा संसदको चौंथो र पाचौं ठूला शक्ति छुटाइएका छन् । राप्रपालाई यसअघि प्रतिपक्षी गठवन्धनको बैठकमा पनि सामेल गरिएको थिएन ।
त्यसो त पछिल्ला दिनमा यी दुवै दल ओली सरकारप्रति संसद् र सडकमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन् । ओलीको आफ्नो बिरोधी व्यक्ति पार्टीभित्रै न देख्न नसक्ने स्वभाव छ भने बाहिर र त्यो पनि सा–साता दल विशेषलाई के देख्न सक्नु विश्लेषकहरू भन्छन् ।
विपक्षी दलहरूले संसद् सञ्चालन हुन नदिएकोमा समेत प्रम ओलीको असन्तुष्टि छ । सरकारले ल्याएको पाँचवटा प्रतिस्थापन विधेयक भोलि चैत १८ गते १२ बजेसम्म दुवै सदनबाट अनुमोदन भइसक्नुपर्ने हुन्र्छ । तर सहमतिमा संसद् चलाउनका लागि आज दिनभर गरिको प्रयास बालुवामा पानी खन्याए सरह भएको छ । त्यसले पनि ओलीको पसिना छुटेको स्रोतको भनाइ छ ।
सोही खड्गो टार्नका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइन्छ ।
बैठकमा सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको थियो । विपक्षी दलहरूले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएका थिए । बैठकमा सभामुख घिमिरेले तिनकुनेको उक्त घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन विपक्षी दलहरूलाई आग्रह गर्नु भएको थियो ।
उहाँले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल समेत गर्नु भएको थियो । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध उचित नहुने सभामुखको धारणा रहेको छ ।

प्रकाशित मिति २०८१ चैत्र १७, आईतवार २१:३१ गते
हजुरको प्रतिक्रिया