काठमाडौं– राजावादीहरूले गरेको प्रदर्शनका क्रममा अराजक भिडले यहाँको तीनकुने स्थित एक घरमा आगो लगाएर चैत १५ गते जलाई दिएका छन् । त्यही घरमा भएको आगलागीमा परी एक पत्रकारले समेत ज्यान गुमाए । तर पत्रकारको ज्यान लिने त्यो आलिसान महल कस्को होला ? ऐलेसम्म त्यसबारेमा कहीँ कतैबाट पनि सत्य तथ्य सार्वजनिक हुन नसक्नु आश्चर्यको विषय बनेको छ ।
सो आगलागीको घट्ना भएको तीन दिन भइसकेको छ । अन्तरङ्ग न्यूजडटकमलाई प्राप्त जानकारी अनुसार त्यो घर हेलम्बु गाउँपालिका– ६ इचोक गाउँमा स्थायी बसोबास भएका नैन पण्डित क्षेत्रीको हो भन्ने बुझिन आएको छ । उनी ठूला व्यापारी भएको र उनले चिनियाँ सामग्रीहरूको बेच विखन गर्ने व्यवसाय गर्ने गरेका भन्ने सम्म खुल्न आएको छ । नेकपा(एमाले) निकट उहाँको ऐले भने त्यस्ता घर काठमाडौंमा अन्यत्र पनि २, ३ वटा रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उहाँ एमालेका विशेष चन्दादातामध्ये एक भएको बुझिएको छ । त्यो घर कस्को थियो ? के प्रयोजनका लागि निर्माण भएको थियो र। त्यहाँ के कस्तो गतिविधि हुने गरेका थिए ? के कस्तो आम्दानीबाट निर्मित भएको होला ? किन कसैलाई चासो नभएको होला ?
हेलम्बु गाउँपालिका– ६ वडाका सदस्य सञ्चबहादुर तामाङसँग फोन सम्पर्क गर्दा उहाँले नैन पण्डित क्षेत्री हेलम्बु गाउँपालिका– ६ इचोक निवासी हो तर पछिल्ला वर्षमा उहाँ धेरैजसो काठमाडौं बस्नु हुन्छ । उहाँका अनुसार तीनकुनेमा जलाइएको त्यो घर उहाँकै हो भन्ने आफूले थाहा पाएको सुनाउनु भएको छ ।
प्रकाशित मिति २०८१ चैत्र १८, सोमबार १०:५० गते