पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रास्वपाका सभापति रवि लामिछाने

पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रास्वपाका सभापति रवि लामिछाने

एजेन्सी

@antaranganews

२०८१ चैत १७ गते सोमबार ११:२०

दलका नेता–कार्यकर्ता र मतदाताको माग अनुसार सभापति रविलाई जिम्मेवारीमा फर्काउन लागिएको कार्यवाहक प्रवक्ता झाले उल्लेख गर्नुभयो ।

सभापति रवि नेतृत्व छाडेको १६३ दिनपछि पार्टीको कार्यकारी भूमिकामा फर्कने हुनु भएको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको ‘विशेष बैठक’ आज चैत १८ गते बस्ने भएको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक दिउँसो ३ बजे सुरु हुने भएको हो ।
केन्द्रीय समिति बैठक दुई चरणमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँका अनुसार ‘पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बस्नेछ । सोही बैठकले सभापतिमा रवि लामिछानेलाई जिम्मेवारी तोक्ने निर्णय गर्नेछ कार्यसूचि छ । उहाँले भन्नुभयो, ‘दोस्रो चरणको बैठकको नेतृत्व सभापति रवि लामिछानेले गर्नु हुनेछ ।’
सभापति रवि नेतृत्व छाडेको १६३ दिनपछि पार्टीको कार्यकारी भूमिकामा फर्कने हुनु भएको हो । पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिनु भएको थियो ।
गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ गरिएर कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उहाँको सांसद पद पनि निलम्बनमा छ ।
दलका नेता–कार्यकर्ता र मतदाताको माग अनुसार सभापति रविलाई जिम्मेवारीमा फर्काउन लागिएको कार्यवाहक प्रवक्ता झाले उल्लेख गर्नुभयो ।
यतिखेर रास्वपाले ‘विशेष परिस्थिति’ बताएर लामिछानेलाई नेतृत्वमा फर्काउन लागेको हो ।
झाका अनुसार देशमा फरक परिस्थिति निर्माण भएको छ । पुरानाहरूले फेरि इतिहासलाई पछाडि फर्काउने घोषणा र प्रयत्न गरिरहेका छन्, यस्तो अवस्थामा जनताको नयाँ आशा बोकेको पार्टीको विशेष भूमिका आवश्यक हुने भएकाले पनि यस्तो निर्णयमा जान लागेका हौँ ।
अदालतमा विचाराधिन सभापति रविलाई मुटिएका मुद्दा चल्दै जाने र त्यसको सम्मान गर्दै रास्वपा अघि बढ्ने कार्यवाहक प्रवक्ता झाले उल्लेख गर्नु भएको छ ।
स्रोतका अनुसार रास्वपा दोस्रो बैठकका यी हुन् छलफलका विषयहरूमा १. पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ, २. लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धमा, ३. जनयात्रा कार्यक्रमबारे, ४. पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, ५. अधिवेशन÷महाधिवेशन कार्यतालिका तथा ६. विविधमा मुस्लिम समुदायको महान् चाड इदको शुभकामना आदानप्रदान रहेका छन् ।

प्रकाशित मिति २०८१ चैत्र १८, सोमबार ११:२० गते
हजुरको प्रतिक्रिया