तार्दी खोला खानेपानी उपभोक्ता समितिका लागि मतदान सुरु

तार्दी खोला खानेपानी उपभोक्ता समितिका लागि मतदान सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १८ गते मङ्गलबार ०९:५३

सो निर्वाचनमा नेपाली काँग्रेस एक प्यानलबाट र एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टी समेत मिलेर एक प्यानलमा निर्वाचन लगेको बुझिएको छ ।

काँग्रेसका दुई जना उठेकोमा एकजनाले नाम फिर्ता लिएपछि सुरेश गुरुङ निर्विरोध भइसक्नु भएको छ ।

भोटेओडार(लमजुङ)– तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका लागि मतदान सुरु भएको छ । विहान करिब ८ः१५ बजे सुरु भएको मतदात दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ ।
सो निर्वाचनमा नेपाली काँग्रेस एक प्यानलबाट र एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय स्वतन्त्र पार्टी समेत मिलेर एक प्यानलमा निर्वाचन लगेको बुझिएको छ । सो समितिको निर्वाचनका लागि मतदाता संख्या ५१० रहेको छ । अध्यक्ष पदमा भने काँग्रेसका दुई जना उठेकोमा एकजनाले नाम फिर्ता लिएपछि सुरेश गुरुङ निर्विरोध भइसक्नु भएको छ ।
यतिबेला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव र चार सदस्य गरी आठ पदका लागि निर्वाचन भइरहेको छ । काँग्रेसका विद्रोहीलाई अध्यक्ष बनाएर निर्वाचन जित्ने दाउमा रहेको एमाले, माओवादी तथा स्वतन्त्रवालाहरू भने बिना टाउको चुनावी मैदानमा होमिएका जानकारीमा आएको छ ।
उपाध्यक्ष पदमा वीरेन्द्र थापा र शम्भुलाल श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ भने सचिव पदमा मीरा घिमिरे र मीनबहादुर बानिया बीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, कोषाध्यक्षमा ठाकुरप्रसाद गुरुङ र भरत अधिकारी, सदस्यमा उमा पराजुली, विमाया थापा मगर, सुभद्रा न्यौपाने, सीता अधिकारी र सरिता घिमिरे अधिकारी चुनावी मैदान उत्रनु भएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार ०९:५३ गते
हजुरको प्रतिक्रिया