तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा ७३ प्रतिशत मत खस्यो

तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा ७३ प्रतिशत मत खस्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १८ गते मङ्गलबार ०३:५३

अबको आधा घण्टापछि मत गणना प्रारम्भ गर्ने सो समितिका अध्यक्ष प्रित्तम अधिकारीले जानकारी दिनुभएको छ ।

कुल ५१० मतदातामध्ये ३७३ मत अर्थात ७३.१३ मत खसेको हो ।

भोटेओडार(लमजुङ)– तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका लागि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । चैत १९ गते भएको सो निर्वाचनमा ७३ प्रतिशत मत खसेको हो ।
सो खानेपानी समितिमा कुल ५१० मतदाता थिए । तीमध्ये ३७३ मत अर्थात ७३.१३ मत खसेको हो । मतदातका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । अबको आधा घण्टापछि मत गणना प्रारम्भ गर्ने सो समितिका अध्यक्ष प्रित्तम अधिकारीले जानकारी दिनुभएको छ ।
सो निर्वाचनमा नेपाली काँग्रेस एक्लै निर्वाचन लडेको छ भने एमाले, माओवादी केन्द्र तथा स्वतन्त्र समेत मिलेर एक प्यानलमा निर्वाचन लडेको बुझिन आएको छ । अध्यक्ष पदमा भने काँग्रेसका दुई जना उठेकोमा विद्रोहीलाई साथ लिने दाउमा रहेको अन्य दल पछि सो दलका एकजनाले नाम फिर्ता लिएर सुरेश गुरुङ निर्विरोध गरिदिएका कारण जिल्लिएको बताइएको छ ।
सो समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव र चार सदस्य गरी आठ पदका लागि निर्वाचन भएको हो ।
उपाध्यक्ष पदमा वीरेन्द्र थापा र शम्भुलाल श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ भने सचिव पदमा मीरा घिमिरे र मीनबहादुर बानिया बीच प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी, कोषाध्यक्षमा ठाकुरप्रसाद गुरुङ र भरत अधिकारी, सदस्यमा उमा पराजुली, विमाया थापा मगर, सुभद्रा न्यौपाने, सीता अधिकारी र सरिता घिमिरे अधिकारी चुनावी मैदान उत्रनु भएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार १५:५३ गते
हजुरको प्रतिक्रिया