तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतगणनाको नतिजा आउन थाल्यो

तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतगणनाको नतिजा आउन थाल्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १८ गते मङ्गलबार ०६:४३

कुल ५१० मतदातामध्ये ३७३ मत अर्थात ७३.१३ मत खसेको हो ।

एक सय मत गणना गर्दा झण्डै ५० प्रतिशत मतले काँग्रेस समर्थक अघि देखिएका छन ।

भोटेओडार(लमजुङ)– तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतगणनाको नतिजा आउन थालेको छ । चैत १९ गते साँझ ६ बजे घोषित एक सय मत गणना गर्दा झण्डै ५० प्रतिशत मतले काँग्रेस समर्थक अघि देखिएका छन् ।
उपाध्यक्ष पदमा काँग्रेसका वीरेन्द्र थापा ५९ मत पाउँदा अर्का शम्भुलाल श्रेष्ठ ३१ मत पाउनु भएको छ । सचिव पदमा रेवतीले ६० मत पाउँदा मीरा घिमिरेको ३१ मत आएको छ । त्यस्तै, कोषाध्यक्षमा भरत अधिकारीले ५७ मत पाउदा ठाकुरप्रसाद गुरुङले ३१ मत पाउनु भएको जानकारीमा आएको छ । त्यस्तै, सहसचिवमा मीनबहादुर बानिया ४१ मत पाउनु भएको छ भने अर्का प्रत्यासी हरिबहादुरले ४५ मत पाउनु भएको बताइएको छ । त्यसैगरी, सदस्य पदमा सबैभन्दा बढी विमाया थापा मगरले ५४ मत, सीता अधिकारी, टेकबहादुर र सरिता घिमिरे अधिकारी ४६/४६ मत पाउनु भएको छ भने सुभद्रा न्यौपानेले ४३ मत तथा बुद्धिलालले ४२ मत र उमाले ३५ मत पाउनु भएको जानकारीमा आएको छ ।
सो खानेपानी समितिमा कुल ५१० मतदाता थिए । तीमध्ये ३७३ मत अर्थात ७३.१३ मत खसेको हो । मतदातका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो ।
सो निर्वाचनमा नेपाली काँग्रेस एक्लै निर्वाचन लडेको छ भने एमाले, माओवादी केन्द्र तथा स्वतन्त्र मिलेर एक प्यानलमा निर्वाचन लडेको बुझिन आएको छ । अध्यक्ष पदमा भने काँग्रेसका दुई जना उठेकोमा विद्रोहीलाई साथ लिने दाउमा रहेको अन्य दल पछि सो दलका एकजनाले नाम फिर्ता लिएर सुरेश गुरुङ निर्विरोध गरिदिएका कारण जिल्लिएको बताइएको छ ।
सो समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव र चार सदस्य गरी आठ पदका लागि निर्वाचन भएको हो । प्रायः सबै पदमा काँग्रेस समर्थकहरू अघि देखिएका छन् ।

प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार १८:४३ गते
हजुरको प्रतिक्रिया