काठमाडौं– अन्ततः लमजुङको सुन्दरबजार अस्पतालले पायो भवन निर्माण प्रयोजनको लागि जग्गाको स्विकृति प्राप्त गरेको छ । नेपाल सरकार मन्त्री परिषदको चैत १८ गतेको बैठकले सो निर्णय गरेको हो ।
नेपाल सरकार मन्त्री परिषदको मिति चैत १८ गतेको निर्णय नं ९ मा सो बारेमा उल्लेख भएको छ । जसमा लेखिएको छ, ‘नेपाल सरकारका नाउँमा रहेको लमजुङ जिल्ला साबिक सुन्दरबजार गाविस– ९ को १५–१–१–० रोपनी सार्वजनिक जग्गा सुन्दरबजार अस्पतालको भवन लगायतका भौतिक संरचना निर्माण गर्न सुन्दबजार नगरपालिकालाई उपयोग गर्न स्विकृति दिने ।’
यसैबीच, सुन्दरबजार अस्पतालको सञ्चालक समितिका अध्यक्ष एवम् सामाजिक अभियन्ता विष्णुकुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयको प्रयास पश्चात गण्डकी प्रदेश लमजुङ जिल्ला साबिक सुन्दरबजार गाविस– ९ हाल सुन्दबजार नगरपालिका– ७, तार्कुटार स्थित सुन्दरबजार अस्पतालको भवन निर्माण प्रयोजनको लागि माग भएको सार्वजनिक जग्गा क्षेत्रफल १५–१–१–० जग्गा प्राप्त भएको छ । यस कार्यको सम्पादनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा सुन्दरबजार अस्पताल, तार्कुटार सुन्दरबजार परिवार हार्दिक आभार व्यक्त गर्दै अस्पतालको स्तरोन्नती साथै भवन निर्माण कार्यमा पुनः यहाँहरूको साथ सहयोग को अपेक्षा गर्दछौं भन्नु भएको छ ।
प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार १९:३१ गते