तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतगणनामा दुई सय मतको नतिजा आयो

तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतगणनामा दुई सय मतको नतिजा आयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १८ गते मङ्गलबार ०७:५२

सहसचिवमा काँग्रेसका मीनबहादुर बानिया ८९ मत पाउनु भएको छ भने अर्का प्रत्यासी स्वतन्त्रका हरिबहादुरले ८६ मत पाउनु भएको बताइएको छ ।

उपाध्यक्ष पदमा काँग्रेसका वीरेन्द्र थापा ४४ मतले अघि अघि देखिनु भएको छ । सहसचिव पदमा स्वतन्त्रका उम्मेदवार तीन मतले पछि देखिनु भएको छ ।

भोटेओडार(लमजुङ)– तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतगणनाको नतिजा आउन थालेको छ । चैत १९ गते साँझ ७ः३५ बजे घोषित दुई सय मत गणना गर्दा झण्डै ५० प्रतिशत मतले काँग्रेस समर्थक अघि देखिएका छन् ।
उपाध्यक्ष पदमा काँग्रेसका वीरेन्द्र थापाले ११७ मत पाउँदा अर्का शम्भुलाल श्रेष्ठ ६३ मत पाउनु भएको छ । सचिव पदमा रेवतीले ११८ मत पाउँदा मीरा घिमिरेको ५८ मत आएको छ । त्यस्तै, कोषाध्यक्षमा भरत अधिकारीले १०६ मत पाउदा ठाकुरप्रसाद गुरुङले ७६ मत पाउनु भएको जानकारीमा आएको छ । त्यस्तै, सहसचिवमा मीनबहादुर बानिया ८९ मत पाउनु भएको छ भने अर्का प्रत्यासी हरिबहादुरले ८६ मत पाउनु भएको बताइएको छ ।
त्यसैगरी, सदस्य पदमा सबैभन्दा बढी विमाया थापा मगरले १०२ मत पाउन सफल हुनु भएको छ । त्यस्तै, सीता अधिकारीले ९२ मत, युबबहादुर र सरिता घिमिरे अधिकारी ८६ मत पाउनु भएको छ भने सुभद्रा न्यौपानेले ९० मत तथा बुद्धिलाल र उमाले ६९÷६९ मत पाउनु भएको जानकारीमा आएको छ ।
सो खानेपानी समितिमा कुल ५१० मतदाता थिए । तीमध्ये ३७३ मत अर्थात ७३.१३ मत खसेको हो । मतदातका लागि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो ।
सो निर्वाचनमा नेपाली काँग्रेस एक्लै निर्वाचन लडेको छ भने एमाले, माओवादी केन्द्र तथा स्वतन्त्र मिलेर एक प्यानलमा निर्वाचन लडेको बुझिन आएको छ । अध्यक्ष पदमा भने काँग्रेसका सुरेश गुरुङ निर्विरोध गरिदिएका कारण जिल्लिएको बताइएको छ ।
सो समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सहसचिव र चार सदस्य गरी आठ पदका लागि निर्वाचन भएको हो । प्रायः सबै पदमा काँग्रेस समर्थकहरू अघि देखिएका छन् ।

प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार १९:५२ गते
हजुरको प्रतिक्रिया