भोटेओडार(लमजुङ)– तार्दी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मतगणनाको अन्तिम नतिजा आएको छ । घोषित मत परिणाम अनुसार काँग्रेस पक्षका उपाध्यक्षमा वीरेन्द्र थापा विजयी चैत १९ गते राती करिब ९ बजे विजयी घोषित हुनु भएको हो ।
सो निर्वाचनको अध्यक्ष पदमा काँग्रेसका सुरेश गुरुङ निर्विरोध निर्वाचित भइसक्नु भएको छ । मत गणनाको परिणाम अनुसार एक सदस्य पदमा बाहेक सबै काँग्रेस पक्षका विजयी भएका छन् ।
उपाध्यक्ष पदमा काँग्रेसका वीरेन्द्र थापाले २१९ मत पाउँदा अर्का शम्भुलाल श्रेष्ठ १०८ मत पाउनु भएको छ । सचिव पदमा रेवतीकुमार श्रेष्ठले २१४ मत पाउँदा मीरा घिमिरेको १०३ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्षमा भरत अधिकारीले १८७ मत पाउदा ठाकुरप्रसाद गुरुङले १३७ मत पाउनु भएको जानकारीमा आएको छ । त्यस्तै, सहसचिवमा प्रत्यासी हरिबहादुर अधिकारीले १५९ मत पाई विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी स्वतन्त्रका मिनबहादुर बानियाले १५३ मत पाउनु भएको निर्वाचन अधिकृत अमुल खनालले बताउनु भएको छ ।
उहाँका अनुसार सदस्यको खुलातर्फ युकबहादुर गुरुङ १७६ मत पाई विजयी हुनु भयो भने बुद्धिलाल श्रेष्ठले १३८ पाउनु भएको छ । त्यस्तै, महिला सदस्य पदमा सबैभन्दा बढी विमाया थापा मगरले १७७ मतका साथ विजयी हुन सफल हुनु भएको खनालले जानकारी दिनु भयो । त्यस्तै, सो पदका अन्य प्रत्यासीहरू सुभद्रा न्यौपानेले १५६ मत पाउनु भएको छ । सोही पदमा अर्का सीता अधिकारीले १५३ मतका साथ विजयी हुनु भएको छ भने उमा रानाभाटले १४२ मत पाउनु भएको र एकजनाले नाम फिर्ता लिनु भएको निर्वाचन अधिकृत खनालले जानकारी दिनु भएको छ ।
सो खानेपानी समितिको निर्वाचनमा कुल ५१० मतदाता थिए । तीमध्ये ३७३ मत अर्थात ७३.१३ मत खसेको थियो ।
प्रकाशित मिति २०८१ चैत्र १९, मंगलवार २१:४९ गते