राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा धिताल परिवारप्रति समवेदना व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा धिताल परिवारप्रति समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत १९ गते बुधबार १०:३०

भकुण्डे स्थित धितालका निवासमा रास्वपाको जिल्ला तथा पालिकास्तरको एक संयुक्त टोलीले गएर समवेदना पत्र हस्तान्तरण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्नेसहितका कार्य गरेको हो ।

विसं १९९३ सालको भदौ ६ गते जन्मनु भएकी जानकीकुमारीको यही चैत १२ गतेका दिन निधन हुन गएको हो ।

भकुण्डे(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)द्वारा बेसीशहर नगरपालिका– २ को यस गाउँ निवासी विष्णुबहादुर धिताललगायतको ममतामयी ८९ वर्षीय आमा जानकीकुमारी धितालको निधनमा श्रद्धाञ्जली सहित समवेदना व्यक्त गर्ने कार्य गरेको छ । रास्वपाका जिल्ला उपाध्यक्ष प्रकाश थापाको नेतृत्वमा गएको एक टोलीले उहाँको निवासमा पुगेर चैत २० गते सो कार्य गरेको हो ।
भकुण्डे स्थित धितालका निवासमा रास्वपाको जिल्ला तथा पालिकास्तरको एक संयुक्त टोलीले गएर समवेदना पत्र हस्तान्तरण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्नेसहितका कार्य गरेको हो ।
जिल्ला उपाध्यक्ष थापा तथा वडानं– २ का निवर्तमान अध्यक्ष आनन्द अधिकारीले स्व. जानकीकुमारीकी सुपुत्रीद्वय चिजा र शोभालाई समवेदना पत्र हस्तान्तण गर्नु भएको हो ।
उहाँका छोरा बुहारीहरू विष्णुबहादुर/शिव, दिपककुमार/कान्तिमाया, कृष्णबहादुर/रेवती, रामबहादुर/सुमित्रा, शोभा, हरिबहादुर/सपना तथा छोरीद्वय चिजा र शोभा थापासहितका शोकसन्तप्त परिवारजनमा रास्वपाले हार्दिक समवेदना व्यक्त गरेको हो ।
जिल्ला उपाध्यक्ष थापा, जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सदस्य मीना खड्का, सविता अधिकारी बराल तथा बेसीशहर नगर सभापति कृष्ण राउत, सामाजिक अभियन्ता हरि धिताल, वडानं– २ का सदस्य काजी थापालगायत सहभागी हुनुहुन्थ्यो ।
जिल्ला उपसभापति थापाले समवेदना पत्र पढेर सुनाउनु भएको थियो भने सामाजिक अभियन्त हरि धितालले मौन धारण गराउनु भएको थियो । हरि धितालका अनुसार सो परिवारका सबै जना रास्वपाका सदस्य हुनुहुन्छ ।
विसं १९९३ सालको भदौ ६ गते जन्मनु भएकी जानकीकुमारीको यही चैत १२ गतेका दिन निधन हुन गएको हो ।
स्व. जानकीकुमारीका पाँच छोरा तथा दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ चैत्र २०, बुधबार २२:३० गते
हजुरको प्रतिक्रिया