राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा गण्डकीका तीन जिल्ला लमजुङ, गोरखा र तनहुँका लागि प्रशिक्षक प्रशिक्षण सञ्चालन

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा गण्डकीका तीन जिल्ला लमजुङ, गोरखा र तनहुँका लागि प्रशिक्षक प्रशिक्षण सञ्चालन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २० गते बिहिबार ११:३०

उक्त प्रशिक्षक प्रशिक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीको दर्शन, पार्टी विधान, विधानको प्रस्तावना, पार्टीको चरित्र र विशेषता, प्रारम्भिक निर्वाचन प्रणाली, त्यसको आवश्यकता, भातृसंगठन रहित पार्टी संरचना, राइट टु रिजेकट, राइट र रिकलको प्रावधान, उत्पादन केन्द्रीत पार्टी सदस्य हुनुपर्नेमा जोड दिइएको थियो ।

सो प्रशिक्षणमा केन्द्रीय संगठन विभागद्वारा ‘संगठन सवलीकरण’समेत संयुक्त रुपमा गरिएको थियो ।

याम्पा(तनहुँ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गण्डकीको तीन जिल्लाका लागि सञ्चालित प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो दलको गण्डकी प्रदेश प्रशिक्षण विभागको आयोजना तथा लमजुङ, तनहुँ र गोरखा तीन जिल्ला समितिको समन्वयमा उक्त प्रशिक्षक प्रशिक्षण यहाँ स्थित मर्स्याङ्दी रिभर रिसोर्टको सभाहलमा चैत २१ गते सम्पन्न भएको हो ।
सो प्रशिक्षण केन्द्रीय संगठन विभागद्वारा ‘संगठन सवलीकरण’समेत संयुक्त रुपमा गरिएको थियो । घण्टी बजाएर सुरु गरिएको सो प्रशिक्षणमा विभिन्न आठ विषयमा फरक फरक प्रशिक्षकहरूबाट प्रशिक्षण दिइएको थियो । निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको सो प्रशिक्षण साँझ छ बजेसम्म सञ्चालन भएको एक सहभागीले जनकारी दिए । उनका अनुसार प्रशिक्षण केही प्रयोगात्मक र अधिकांश सैद्धान्तिक विषयमा केन्द्रीत रहेको थियो ।
रास्वपाका कावा महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक जागरण र उत्प्रेरणा विषयमा प्रशिक्षण दिदै रास्वपाका कार्यकर्ता÷नेता विनयशील हुनु पर्छ र अन्यको अस्तित्व स्विकार गर्नुपर्छ भन्नेमा जोड दिनुभयो । रतन टाटाको उदाहरण दिदै टाटाले फलामलाई आफ्नै खियाले बिग्रन्छ भने मान्छे अरुका कारणले भन्दा पनि आफ्नो कमजोर विचारका कारणले बिग्रन्छ भन्ने गरेको जानकारी दिनुभयो । रास्वपाका कार्यकर्ता सधैं फुर्तिलो हुनुपर्नेमा जोड दिदै उहाँले पालिका तथा वडाका समितिले छायाँ सरकारको काम गरी स्थानीयस्तरमा हुने अनियमितता वा भ्रष्टाचारको भण्डाफोर गर्नु पर्छ भन्नुभयो ।
पार्टी संगठनको संरचनाका बारेमा वडा समिति, गाउँ तथा नगरपालिका समिति, जिल्ला समितिका साथै विभागहरूको गठन विधिका बारेमासमेत उहाँले प्रकाश पार्नु भएको थियो ।
यसैगरी, गण्डकी प्रदेशका सभापति राजन गौतमले ‘नेतृत्व’ के हो ? नेता के कस्तो हुनुपर्छ ? भन्ने बारेमा प्रयोगात्मक अभ्यास सहित नेता हुनका लागि आवश्यक गुण, सीप एवम् चरित्रका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मिसन ८४ का लागि कस्तो नेतृत्व आवश्यक छ ? र रास्वपा त्यस्तो नेताको खोजीमा छ भन्ने उदाहरण सहित प्रष्ट्याउनु भएको थियो ।
सो अवसरमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पार्टी सदस्यहरूलाई उत्प्रोरणा जागृत गर्ने विषयमा प्रशिक्षण दिने काम गर्नु भएको थियो ।
त्यस्तै, केन्द्रीय संगठन विभागका सदस्य धर्म केसीले पार्टी सवलीकरण, सो अन्तरगत पार्टी सदस्यले गर्नु पर्ने आचारण, जिम्मेवारी तथा कर्तव्यका साथै सदस्यता दर्ता विधि, पार्टी सञ्चालन कोष आदिका बारेमा प्रकाश पार्ने कार्य गर्नु भएको थियो ।
त्यस्तै, केन्द्रीय प्रशिक्षण विभागका सदस्य जगदीश शर्माले पार्टी सदस्य र उत्प्रेरणा विषयमा प्रशिक्षण दिनु भएको थियो ।
केन्द्रीय अनुशासन आयोगका कावा प्रमुख रमाकान्त रिमालले अनुसासन आयोगको विधान र नियमावलीमा प्रकाश पार्नु भयो । उहाँले कुनै पनि सदस्यले जो कसैका विरुद्धमा अनुशासनको विरुद्धको उजुरी दिदा प्रमाण सहित पुष्टि गर्न सक्नु पर्ने अन्यथा उजुरकर्तालाई नै सजाय हुने व्यवस्था समेत रहेको जानकारी दिनुभयो । उहाँले आयोगको विधान, नियमावली र आचारसंहिता राम्रोसँग अध्ययन गर्न सहभागीलाई आग्रह गर्नु भएको थियो ।
प्रशिक्षण विभाग गण्डकीका प्रमुख डा. तुलसीप्रसाद खनालले प्रशिक्षणको महत्वमा प्रकाश पार्दै यो किन आवश्यक छ ? भन्ने पुष्टि गर्नु भएको थियो । उहाँले उदघोषण कला के हो ? उदघोषकमा हुनु पर्ने गुण उसले गर्नु पर्ने पूर्वतयारी र कार्यक्रम सञ्चालन विधि, माइनुट के हो ? यो किन आवश्यक छ र यसलाई के कसरी लिपिबद्ध गर्न सक्रिन्छ वा गर्नु पर्छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो ।
उक्त प्रशिक्षक प्रशिक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीको दर्शन, पार्टी विधान, विधानको प्रस्तावना, पार्टीको चरित्र र विशेषता, प्रारम्भिक निर्वाचन प्रणाली, त्यसको आवश्यकता, भातृसंगठन रहित पार्टी संरचना, राइट टु रिजेकट, राइट र रिकलको प्रावधान, उत्पादन केन्द्रीत पार्टी सदस्य हुनुपर्नेमा जोड दिइएको थियो ।
त्यस्तै रास्वपाले परिकल्पना गरेको समर्थकहरूको चरित्र, परिवारवादलाई निषेध, पार्टीमा प्रविधिमैत्री पद्दति, पार्टीको अभियान र त्यो अभियानको महत्व, अभ्यास भएका अभियान, कार्यमार्ग, पार्टीको तहगत जिम्मेवारी, पद र चरित्र, वडा तथा पालिकाको विकास ढाँचा, नेतृत्व तथा नेतृत्वका प्रकार, तपाई कस्तो व्यक्ति हुन चाहनु हुन्छ व्यवस्थित कि अव्यवस्थित, उदघोषक कस्तो हुनुपर्छ ? आदि विषयमा प्रशिक्षण दिने काम भएको थियो ।
रास्वपा तनहुँका जिल्ला सभापति विश्वनाथ बास्तोलाको अध्यक्षतामा भएको सो प्रशिक्षणको समापनमा रास्वपा तनहुँकी कोषाध्यक्ष पवित्रा पोखरेलले सो प्रशिक्षण कार्यक्रमको आम्दानी खर्चको हिसाव सुनाउनु भएको थियो । उहाँका अनुसार सो प्रशिक्षणमा तीन जिल्लाका १११ जनाले भाग लिएको जानकारी दिनु भयो ।
उक्त प्रशिक्षणमा भाग लिन पुग्नु भएका लमजुङका सहभागी हरि धितालले समग्रमा प्रशिक्षण उत्कृष्ठ थियो, थोरै समय व्यवस्थापनमा कमजोरी देखियो, त्यसले केही हतार जस्तो भयो । निर्धारित समयमा प्रशिक्षण सुरु गर्न सकेको भए झनै उपलब्धिपूर्ण हुने थियो भन्नु भयो ।
त्यस्तै, लमजुङ जिल्ला समितिका सदस्य मीना खड्काले आधा जसो थाहा पाएका कुराहरूको नवीकरण भयो भने आधा नयाँ कुरा सिक्ने अवसर मिल्यो भन्नुभयो ।
त्यस्तै, अर्का सहभागी तैमाया गुरुङले म त नजाउँ कि ! जस्तो लागेको थियो तर नगएको भए पछुतो हुने रहेछ । मलाई दुविधा भएका धेरै कुरामा प्रष्ट हुने र केही नयाँ कुरा सिक्ने अवसर पाएँ । यस्ता तालिम ४– ६ महिनाको फरकमा भइरहनु राम्रो हुन्छ भन्ने लाग्यो भन्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८१ चैत्र २१, बिहीबार २३:३० गते
हजुरको प्रतिक्रिया