भारते स्थित देउराली गाउँमा ईन्द्रपुरी देउराली मन्दिरको शिलन्यास

भारते स्थित देउराली गाउँमा ईन्द्रपुरी देउराली मन्दिरको शिलन्यास

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २१ गते शुक्रबार ०९:२९

ती मन्दिर रहेको स्थानलाई केही समय भित्रै नमुना स्थानका रुपमा विकास गरी पर्यटक भित्र्याउने योजना रहेको छ । सो मन्दिर नजिकै वनभोज स्थल (पिकनिग स्टेसन) बनाई सो क्षेत्रलाई थप आकर्षक एवम् सुन्दर बनाउने उद्देश्य रहेको समितिका सचिव सन्तोष भुजेलले जानकारी दिनु भएको छ ।

उक्त मन्दिर रहेको सिरुवारी गाउँ क्षेत्रमा कश्यप गोत्रका अधिकारीहरू, भुजेल तथा नेपाली जातिहरूको बसोबास रहिआएको छ ।

भारते(लमजुङ)– दोर्दी गाउँपालिका– १ को भारते स्थित देउराली गाउँमा ईन्द्रपुरी देउराली मन्दिर निर्माण थालिएको छ । सो मन्दिरको पुनःनिर्माणका लागि शिलन्यास कार्य सम्पन्न गरिएको छ ।
भौगोलिक दृष्टिकोणले हेर्दा सो वडा अर्थात भारतेकै एक नमुना स्थानमा रहेको उक्त क्षेत्रलाई पर्यटकीय स्थल बनाउनको लागि विशेष जोड गरेर उक्त स्थानमा डोजर लगाएर ठूलै डाँडोलाई सम्याएर मैदान बनाइएको मन्दिरको निर्माण कार्य थालिएको छ ।
उक्त स्थानमा दुईवटा मन्दिर सङ्गसङ्गै छन् । एक ईन्द्रपुरी देउराली मन्दिर र अर्को थानी माई मन्दिर । दुवै मन्दिरको महिमा उत्तिकै अपरम्पार रहेको छ । ती मन्दिरमा जम्मा घरधुरी संख्या ४५ सम्पूर्ण देउरालीमा रहने सबैको घरबाट धुप अक्षता प्रसाद ल्याएर कोरी पुजा गर्ने प्रचलन गरेको मन्दिरका पुजारी खिला अधिकारीले जानकारी दिनु भयो ।
उहाँका अनुसार उक्त मन्दिर रहेको स्थानलाई पौराणिक नाम घले राजाको ‘आँगन’ भनेर बुझिन्छ र सोही स्थानमा पहिला माध्यामिक विद्यालय पनि सञ्चालनमा थियो । पछि सो स्थानमा पानीको अभाव हुन गएको कारणले त्यहाँबाट हटाएर अन्तै सारेको भन्ने पाकापुराना मानिसहरूले बताउने गर्नु भएको छ ।

ती दुबै मन्दिरमा २०७२ सालको बैशाखमा गएको बिनासकारी भुकम्पले क्षति पुर्याएको हुँदा गाउँमा रहनु भएका श्रद्धालु भक्तजनहरू, बुद्धिजीवी, भद्रभलाद्मीहरू भेलाबाट मन्दिर निर्माण कार्य थाल्ने निर्णय गरिएको हो ।
उक्त भेलाले गाउँमा रहे बसेका सबै अनि गाउँबाट बाहिर काठमाडौं– पोखरा, चितवन तथा अन्य क्षेत्र स्वदेश तथा विदेशी मुलुकमा बसाइँसराइँ या वैदेशिक रोजगारमा रहनु हुने सबैबाट सहयोग रकम संकलन गरी मन्दिर निर्माण कार्य थालिएको हो ।
मन्दिर निर्माणका लागि दुई लाख पचास हजार रकम लाग्ने आंकलनका साथ काम सुरु गरिएको उक्त निर्माण समितिका अध्यक्ष ईन्द्रबिलास अधिकारीले बताउनु भयो । उहाँका अनुसार मन्दिर निर्माण समितिमा सचिव सन्तोष भुजेल, कोषाध्यक्ष रम्बा अधिकारी सदस्यद्वयमा खिला अधिकारी र नरहरी अधिकारी रहनु भएको छ ।
ती मन्दिर रहेको स्थानलाई केही समय भित्रै नमुना स्थानका रुपमा विकास गरी पर्यटक भित्र्याउने योजना रहेको छ । सो मन्दिर नजिकै वनभोज स्थल (पिकनिग स्टेसन) बनाई सो क्षेत्रलाई थप आकर्षक एवम् सुन्दर बनाउने उद्देश्य रहेको समितिका सचिव सन्तोष भुजेलले जानकारी दिनु भएको छ ।
उक्त सिरुवारी गाउँमा कश्यप गोत्रका अधिकारीहरू, भुजेल तथा नेपाली जातिहरूको बसोबास रहिआएको छ ।

प्रकाशित मिति २०८१ चैत्र २२, शुक्रबार २१:२९ गते
हजुरको प्रतिक्रिया