तीनपिप्ले(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति स्वर्णिम वाग्ले लमजुङ आउनु हुने भएको छ । लमजुङको राइनास नगरपालिकाको चैत २३ गते हुने भेलाको उदघाटन एवम् सम्बोधनका लागि वाग्ले यहाँ आउने हुनु भएको हो ।
वरिष्ठ अर्थविद् एवम् प्रखर वक्ता वाग्ले संघीय संसदको माानीय सांसद समेत हुनुुहुन्छ । उहाँको साथमा सो भेलामा रास्वपा तनहुँका जिल्ला अध्यक्ष विश्व वास्तोला सहितका नेताहरू समेत आउनु हुने जानकारीमा आएको छ । त्यस्तै, गोरखा जिल्लाको पालुन्टरामा रहेको रास्वपाको नगरपालिका समितिका पदाधिकारी तथा सदस्य एवम् शुभ चिन्तकहरू समेत आउने कार्यक्रम रहेको जानकारीमा आएको छ ।
उक्त नगर भेलाको तयारीका लागि केन्द्रीय सगठन विभागका सदस्य एवम् रास्वपा लमजुङका संस्थापक संयोजक धर्म केसी हिजो देखि जिल्लामा आएर खटिरहनु भएको छ ।
त्यस्तै सो कार्यका लागि यस जिल्ला स्थित रास्वपाको जिल्ला समिति, सल्लाहकार परिषद समिति, सुन्दरबजार नगरपालिका समिति, बेसीशहर नगरपालिका समिति तथा छिमेकी वडाका समितिहरू समेत सो भेलाको तयारीमा जुटिरहेको जानकारीमा आएको छ ।
भोलि सो नगरस्तरीय तथा केही वडाको तदर्थ समिति गठन गर्ने कार्यक्रम रहेको रास्वपा लमजुङले जनाएको छ ।
सो भेला तीनपिप्लेमा विहान ११ बजे सुरु गर्ने कार्यक्रम रहेको सो दलका जिल्ला सहसचिव बाबुराम अधिकारीले बताउनु भयो । उहाँका अनुसार पश्चिम लमजुङतर्फका साथीहरूलाई निर्धारित समय १० बजे नै पाउँदीमा जन्मा भएर सहयोग गर्न अनुरोध गरिएको छ ।
प्रकाशित मिति २०८१ चैत्र २२, शुक्रबार २१:५६ गते