अन्तरङ्ग समाचार प्रभाव : सांस्कृतिक अभियन्ता अधिकारीद्वारा १४ वर्षका दुई बालकलाई पन्ध्र/पन्ध सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिनुहुने

अन्तरङ्ग समाचार प्रभाव : सांस्कृतिक अभियन्ता अधिकारीद्वारा १४ वर्षका दुई बालकलाई पन्ध्र/पन्ध सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिनुहुने

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २४ गते सोमबार १०:४२

अधिकारी पूर्वप्रशासक(सिडियो) हुनुका साथै निवृत्त भएपछि लोकसंस्कृतिको संरक्षण एवम् प्रवर्द्धनका लागि संस्थागत रुपमा प्रयास गरिनु पर्छ भन्ने अवधारणालाई मुर्त रुप दिन लोकसंस्कृतिको विकासका लागि संस्था खोल्ने (तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै) पहिलो व्यक्तित्व हुनुहुन्छ । उहाँ हाल ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको सल्लाहकारका रुपमा क्रियाशील हुनुहुन्छ ।

अनुकुल समय (कार्यक्रम)मा निकट भविष्यमै उक्त रकम ती दुई भाइहरूको हातमा पुग्ने छ ।

बेसीशहर– लमजुङका एक सामाजिक अभियन्ताले लोकबाजाको संरक्षण एवम् प्रवर्द्धनमा योगदान गर्न थालेका १४ वर्षका दुई भाइलाई एक हजार पाँच सयका दरले सहयोग रकम पुरस्कार स्वरुप प्रदान गर्ने हुनुभएको छ । अन्तरङ्ग न्यूज डटकममा प्रकाशित ‘१४ वर्षका दुई भाइ बाजा सिक्दै, बजाउँदै, कमाउँदै र पढ्दै’ शीर्षकको समाचार पढेर ती दुई भाइलाई जनही एक हजार पाँच सय रुपैयाँ दरले प्रदान गर्ने हुनु भएको हो । त्यस्तो सहयोगको प्रतिवद्धता व्यक्त गर्ने व्यक्तित्व हुनुहुन्छ लमजुङको ऐतिहासिक थलो दुराडाँडा निवासी– रामेशचन्द्र अधिकारी ।
अधिकारी पूर्वप्रशासक(सिडियो) हुनुका साथै निवृत्त भएपछि लोकसंस्कृतिको संरक्षण एवम् प्रवर्द्धनका लागि संस्थागत रुपमा प्रयास गरिनु पर्छ भन्ने अवधारणालाई मुर्त रुप दिन लोकसंस्कृतिको विकासका लागि संस्था खोल्ने (तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै) पहिलो व्यक्तित्व हुनुहुन्छ । उहाँ हाल ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको सल्लाहकारका रुपमा क्रियाशील हुनुहुन्छ ।
सांस्कृतिक अभियन्ता समेत रहनु भएका अधिकारीले लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटारको रानीपानी गाउँका स्थानीय ईशानेश्वर माविमा कक्षा– ८ र ७ मा अध्ययन गर्ने मनोर परियार र सन्तोष परियारलाई पुरस्कृत गर्ने हुनु भएको हो । उनीहरू दुवै १४ वर्षका छन् । मनोजले सनाई बजाउँछन भने सन्तोषले टेम्को बजाउने गरेका छन् ।
१४ वर्षको कलिलो उमेरमै लोकबाजाको प्रवर्द्धनका क्षेत्रमा ती दुई परियार भाइहरूले गरेको प्रयासले आफ्नो मन छोयो त्यसैले उनीहरूलाई पढ्नका लागि थप सहज होस् र लोकबाजाको प्रवर्द्धनका क्षेत्रमा उनीहरूलाई थप उर्जा प्राप्त होस् भन्ने हेतुले प्रोत्साहन गर्न सो रकम(प्रति व्यक्ति एक हजार पाँच सय) सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सो रकम ती भाइहरूलाई ठाडोभाका लोककला प्रतिष्ठान नेपाल संस्थामार्फत उपलब्ध गराउन प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई आफूले हस्तान्तरण गरिसकेको छु ।’ उहाँका अनुसार अनुकुल समय (कार्यक्रम)मा निकट भविष्यमै उक्त रकम ती दुई भाइहरूको हातमा पुग्ने छ ।
अधिकारीले ठाडोभाका लोककला प्रतिष्ठान नेपालसँग आवद्ध भएर लोकसंस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने महिलाहरूलाई प्रोत्साहन गर्नका लागि सम्मान गर्न आफ्नी ममतामयी आमा जयतमाया अधिकारीका नाममा ‘ठाडोभाका– जगतमाया स्मृति पुरस्कार’को अक्षयकोष सहितको प्रवन्ध गर्नुभएको छ । हरेक वर्ष एकजनालाई प्रदान गरिने सो पुरस्कारको राशि नगद पाँच हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।
हाल काठमाडौंमा बस्नु हुने अधिकारी लोकसंस्कृति(ठाडोभाका)मा विद्यावारिधिको तयारीमा जुट्नु भएको छ । उहाँले आफ्ना पिता रामदत्त अधिकारीको स्मृतिमा लमजुङ जिल्लामा रहेर संस्थागत रुपमा परम्परागत भजनलागयतका लोक चिनारीका सम्पदाको संरक्षणका लागि संस्थागत प्रयास गर्ने संस्थाहरूलाई प्रोत्साहनका लागि पुरस्कृत गर्न ‘ठाडोभाका– स्व. रामदत्त अधिकारी स्मृति पुरस्कार’को प्रवन्ध गर्नु भएको छ । त्यो पुरस्कार पनि ठाडोभाका लोककला प्रतिष्ठान नेपालले हरेक वर्ष वितरण गर्ने गर्दछ । उक्त पुरस्कारको राशि नगद पाँच हजार पन्ध्र रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । अधिकारीले सो पुरस्कारको स्थायित्वका लागि ५० हजार रुपैयाँको अक्षयकोष पनि स्थापना गरिदिनु भएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिनु भयो ।
कोषाध्यक्ष गुरुङका अनुसार त्यस बाहेक अधिकारीले लमजुङ जिल्लामा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा क्रियाशील रहेका आमा समूहहरूलाई प्रोत्साहनका लागि उपहार स्वरुप जोडी मादल प्रदान गर्ने, आफू स्कूले जीवनमा भलिबलको राम्रो खेलाडी(सटर) भएका कारण भलिबलको प्रवद्र्धनका लागि सो प्रतियोगिता सञ्चालन गर्ने माध्यामिक विद्यालयलाई स्तरयुक्त नेट र भलिबल एक जोर प्रदान गर्ने गर्नु भएको छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका वरिष्ठ आजीवन सदस्य, सामाजिक एवम् सांस्कृतिक अभियन्ता रमेशचन्द्र अधिकारीले आफू सल्लाहकार रहेको प्रतिष्ठानको संस्थागत विकास एवम् लक्ष्य प्राप्तिका लागि निरन्तर रुपमा रचनात्मक बौद्धिकस्तरका अतिरिक्त समय समयमा आर्थिक सहयोग समेत गर्दै आउनु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत्र २५, सोमबार १०:४२ गते
हजुरको प्रतिक्रिया