पालो सबैको आउँछ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

पालो सबैको आउँछ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

एजेन्सी

@antaranganews

२०८१ चैत २४ गते सोमबार ०६:५३

सो कारागार कार्यालयमा चार वटा ब्लक अर्थात भवन छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो ।

‘पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई आग्रह छ ।’ रविले भन्नुभएको छ ।

बुटबल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट ‘पालो सबैको आउँछ’ भन्ने सन्देश दिनु भएको छ । रुपन्देही जिल्ला अदालतस्थित कारागार पुगेपछि लामिछानेले पठाएको सन्देश उहाँनिकट नेताहरूले चैत २५ गते सार्वजनिक गर्नु भएको हो । ।
सभापति रविको आजदेखि नयाँ जीवन यात्रा सुरु भएको छ । उहाँले यो यात्रामा कति दिन विताउनु पर्ने हो, यसै भन्न सकिने अवस्था छैन । त्यसो त सर्वोच्च अदालतले उहाँलाई तारेखमा रिहा गर्न पनि सक्छ । त्यस्तो सम्भावना बढी नै छ । तर पनि अदालतको आदेश नआउँदासम्म यसै हो या हुन्छ भन्न सकिने स्थिति छैन ।
उहाँले आफू ‘पहिलो विद्यार्थी भएको’ बताउनु भएको छ । उहाँले उहाँले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताउनु भएको छ । ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’ उहाँको सचिवालयले जानकारी दिएको छ ।
उहाँले आफ्ना सहकर्मी रास्वपाका नेताहरूमार्फत् ४ वटा सन्देश पठाउनु भएको छ ।
पहिलो, ‘अदालतको आदेशको सम्मान छ । कानुनले दिएको अधिकार प्रयोग गर्छु,’ दोस्रो, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।’
तेस्रो, न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताउँदै ‘तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती सबै गलत हुन् ।’
रविको चौंथो सन्देश छ, ‘पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई आग्रह छ ।’ भन्नुभएको छ ।
पार्टीका नेताहरूलाई उहाँले भन्नुभएको छ, ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्याउनुस् ।’
यसैबीच, उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार लामिछानेलाई आज चैत २५ गते थुनामा पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिनु भएको छ । उहाँका अनुसार कार्यालय समय सुरू भएपछि प्रहरीले लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराई अदालतको पत्र लिएर उहाँलाई कारागार कार्यालय पठाइएको हो.।
रविलाई थुनामा राखिएको जिल्ला कारागार कार्यालय रूपन्देहीका प्रमुख जगतबहादुर बस्नेतले जानकारी दिनु भएको छ । उहाँका अनुसार रविलाई ४ नम्बरको ब्लकमा राखिएको छ । सो कोठमा अन्य थुनुवालाई राखिएको छैन । बस्नेतले भन्नुभयो, ‘उहाँलाई अलग्गै कोठामा राखिएको छ ।’
यसअघि जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा पठाएका पूर्वडिआइजी छबिलाल जोशीलाई भने समूहमा राखिएको छ । जोशीको हकमा उच्च अदालतले जिल्लाकै फैसला सदर गरेको हो ।
सो कारागार कार्यालयमा चार वटा ब्लक अर्थात भवन छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो ।

प्रकाशित मिति २०८१ चैत्र २५, सोमबार १८:५३ गते
हजुरको प्रतिक्रिया