रेडक्रस सोसाइटी माहोरियाकोट उपशाखाको अध्यक्षमा यमवहादुर थापा चयन

रेडक्रस सोसाइटी माहोरियाकोट उपशाखाको अध्यक्षमा यमवहादुर थापा चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २४ गते सोमबार ०८:२६

सो अधिवेशनमा कार्यसमितको निर्वाचन हुनु अघि सचिव विनोद कोइरालाले बार्षिक गतिविधिका साथमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

१३ औं सभा एवम् पाचौ अधिवेशनले नयाँ समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

मोहरियाकोट(लमजुङ)– नेपाल रेडक्रस सोसाइटी राइरानास माहोरियाकोट उपशाखाको १३ औं सभा एवम् पाचौ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनवाट चैत्र २५ गते गरिएको हो ।
उक्त अवसरमा जिल्ला समन्वय अध्यक्ष पुर्णबहादुर गुरुङ प्रमुख अतिथि तथा राइनास नगरपालिकाका निवर्तमान मेयर सिंहबहादुर थापा तथा रेडक्रस लमजुङका उपमन्त्री दपकराज नेउपाने विशेष अतिथि हुनु हुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरुङले उदघाटन गर्नु भएको सो अधिवेशनमा उहाँका साथै विशेष अतिथिद्वय राइनास नगरपालिकाका निवर्तमान मेयर सिंहबहादुर थापा तथा रेडक्रस लमजुङका उपमन्त्री दपकराज नेउपानेले शुभकामना मन्तव्य राख्दै रेडक्रसको महत्वमा प्रकाश पार्नु भएको थियो ।
सो अधिवेशनवाट सर्वसम्मत रुपमा नयाँ समिति चयन भएको निर्वाचन संयोजक श्रीकान्त घिमिरेले बताउनु भयो । उहाँका अनुसार यमवहादुर थापा मगरको अध्यक्षतामा ११ जनाको नायँ कार्य समिति चयन भएको हो. । उहाँले भन्नुभयो, ‘समितिको उपसभापतिमा रिमाकुमारी थापा चयन हुनु भएको छ भने सचिवमा विनोद काइराला र कोषाध्यक्षमा लालुमाया थापा चयन हुनु भएको छ ।’
त्यस्तै, उपसचिवमा खेमवहादुर थापा र उप कोषाध्यक्ष गमवहादुर गुरूङ चयन हुनु भएको छ । यसैगरी सो समितिको सदस्यहरूमा खोम वहादुर थापा, श्रीराम धिताल, मोहनबहादुर थापा, जिवन थापा र गुना पराजुली चयन हुनु भएको निर्वाचन संयोजक घिमिरेले जानकारी दिनु भएको छ ।
यमबहादुर थापाको अध्यक्षतामा भएको सो अधिवेशनमा कार्यसमितको निर्वाचन हुनु अघि सचिव विनोद कोइरालाले बार्षिक गतिविधिका साथमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले संस्थाको आम्दानी र खर्च विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्य योजनासमेत पेश गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ चैत्र २५, सोमबार २०:२६ गते
हजुरको प्रतिक्रिया