गण्डकी कोटीहोम महायज्ञमा विश्वकै कान्छी भागवत वाचिका पाण्डेयद्वारा कथा प्रवचन चैत २९ गतेबाट सुरु गर्ने तयारी

गण्डकी कोटीहोम महायज्ञमा विश्वकै कान्छी भागवत वाचिका पाण्डेयद्वारा कथा प्रवचन चैत २९ गतेबाट सुरु गर्ने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २५ गते मङ्गलबार ०७:४६

कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशीर्वचन हुने कार्यक्रम रहेको छ ।

उक्त शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ आउँदो बैशाख १७ गतेदेखि सुरु भइ २६ गते समापन गर्ने कार्यक्रम तय भएको छ ।

पोखरा– पोखरा महानगरपालिका– १७ बिरौटामा आयोजित ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयद्वारा कथा प्रवचन सुरु गर्ने तयारी छ । कोटीहोमको तयारी अन्तिम चरणमा पुगेको छ भने यतिबेला प्रचारप्रसारका विविध कार्यक्रमहरू सञ्चालन भइरहेको चैत २४ गते जनाकारी दिइएको हो ।
बालविदूषी अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा आगामी चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको हो ।
उक्त कोटीहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छी भागवत वाचिका पाण्डेय भारतबाट नेपाल आउँदै हुनुहुन्छ । आउँदो बैशाख १७ गतेदेखि विधिवत रुपमा सञ्चालन हुने कोटीहोम महायज्ञको प्रचारप्रसार स्वरुप यही चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको आयोजकको भनाइ छ ।
कोटीहोम अवधिमा शंकराचार्य, जगदगुरु, साधुसन्त, महन्तसँगै विश्वका विभिन्न मुलुकबाट प्रसिद्ध कथा वाचक र वाचिकाको आगमन र आशीर्वचन हुने कार्यक्रम रहेको छ ।
यतिबेला कोटीहोम महायज्ञको प्रचारप्रसाका विविध कार्यक्रमहरू सञ्चालन भैरहेका छन् ।
उक्त अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पुजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गर्नेे तयारी छ ।
यसैगरी, उक्त अवसरमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने तयारी छ ।
उक्त शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ आउँदो बैशाख १७ गतेदेखि सुरु भइ २६ गते समापन गर्ने कार्यक्रम तय भएको ऐतिहासिक रुपमा सम्पन्न हुन लागेको गण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको उद्देश्यहरूमा असहाय, बेसहारा, अशक्त र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई खाद्य, वस्त्र, स्वास्थ्य र आश्रयको व्यवस्था गर्दै उनीहरूको जीवनमा नयाँ आशा र सहाराको अनुभूति गराउनु, धार्मिक सहिष्णुता, शान्ति र भाइचारा प्रवर्द्धन गर्न पहल गर्नु रहेको आयोजकको भनाइ छ ।
त्यस्तै, अन्य उद्देश्यमा समाजमा व्याप्त छुवाछूत, जातीय भेदभाव र असमानताका विरुद्ध जनचेतना फैलाउनु, विपद् व्यवस्थापन तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्नु, स्वास्थ्य, शिक्षा र रोजगारका अवसर सिर्जना गरी समुदायको जीवनस्तर उकास्नमा पहल गर्नु, संस्कृति, परम्परा र धार्मिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय सहभागिता जनाउनु रहेको जानकारी दिइएको छ ।
उक्त कोटी होम महायज्ञका प्रमुख गतिविधिहरूमा :
१. आचार्य, ब्रम्हा, होता, ऋत्विक गरि १०८ ब्राहृमणहरुद्वारा वैदिक मन्त्र सहित घिउ, चरु र विशेष जडीबुटीद्वारा एक करोड पच्चीस लाख आहुति हवन गरिने ।
२. ख्यातिप्राप्त पण्डित ज्यूहरुद्वारा नित्य मण्डप पूजा, स्वस्तिवाचन, अतिरुद्राभिषेक गरिने ।
३. सयौं जनाको तुलादान, चौरासी पूजा र पितृ उद्धार कर्म गरिने र आर्थिक अभाव भएका परिवारको सबै कर्म निःशुल्क गरिने ।
४. देश विदेशका ख्याति प्राप्त सन्त, महात्मा धर्मगुरुहरुको उपस्थिति र प्रवचन सहित सबैलाई नारिक अभिनन्दन गरिने र कथा व्यासजीहरुलाई कदर पत्रले विशेष नागरिक अभिनन्दन गरिने ।
५. राष्ट्रिय स्तरका कलाकारहरुको साथमा संगीतमय कथा वाचन सहित भजन कीर्तन र विशेष देवलीला दैनिक प्रस्तुति गरिने।
६. ११००० दिव्य कलश पूजन गरिने ।
७. नेपालभरिका सम्पूर्ण धार्मिक पर्यटकीय क्षेत्रहरुलाई विश्व भरी फैलाउनका लागि प्रचार–प्रसार र महत्वबारे प्रकाश पार्ने ।
८. चार वेद, श्रीमद्भागवत, शिव महापुराण लगायत अठार पुराण, रामायण आदि पाठ पारायण गरिने ।
९. कोटि पार्थिव शिवलिंग पूजन गरिनुका साथै कोटि वेलपत्र अर्पण गरिने ।
१०. कोटि दीप प्रज्वलन गरिने ।
११. ११,००० भन्दा बढी बाल–कन्याहरुको पूजन गरिने ।
१२. दैनिक १०८ गौमाताको दूध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने ।
१३. राष्ट्रिय स्तरको टेलिभिजनबाट नियमित र प्रत्यक्ष प्रसारण गरिने ।
१४. २१००० भन्दा बढी ज्येष्ठ नागरिकको सम्मान गरिनुका साथै समाजका शारीरिक अशक्तता हुनु भएका व्यक्तिहरुको सम्मान गरिने ।
१५. प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारको उपस्थिति रहने। (नायक, नायिका, गायक, गायिका आदि ।।
१६. तण्डुलाचल (चामल) पर्वत निर्माण गरिने ।
१९. रात्रीको समयमा रामलीला, कृष्णलीला, ज्ञानमञ्च, विविध खेल अनवरत रुपमा प्रस्तुत गरिने ।
२०. भरत नाट्यं नृत्यको प्रस्तुति गरिने ।
२१. समाजमा विशेष योगदान दिनुभएका सामाजिक संघ–संस्था, धार्मिक संस्था, शैक्षिक संस्था, जनप्रतिनिधी, पत्रकार आदिलाई विशेष अभिनन्दन गरिने ।
२२. समाजका सामाजिक अभियन्ताहरुलाई अभिनन्दन गरिनुका साथै मठ–मन्दिरहरुका व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान गरिने ।
२३. सर्वधर्म सद्भावना सम्मेलन र सन्त सम्मेलनको आयोजना गरिने र उहाँहरुलाई विशिष्ट मञ्च र सम्मान दिइने ।
२४. दुःख–कष्ट, रोग व्याधि, आपत विपत या कुनै समस्याबाट ग्रस्त हुनुहुन्छ भने सबै समस्याबाट मुक्त हुनको लागि दुःख निवारण यज्ञ गरी विशेष पूजन गराइने ।
२५. नेपाल भरिका तीर्थभूमिको महत्व दर्साएर विश्वभर प्रचार– प्रसार गरिने ।
२६. दैनिक रुपमा करिव ११००० जनालाई प्रसादको व्यवस्था र ११०० जनालाई निःशुल्क भोजन र १००० जनालाई निःशुल्क आवासको व्यवस्था गरिने उल्लेख छ ।
यसैगरी कोटीहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति २०८१ चैत्र २६, मंगलवार ०७:४६ गते
हजुरको प्रतिक्रिया