दोर्दी गाउँपालिकाले गर्यो दोस्रो चौमासिक समीक्षा सहित सार्वजनिक सुनुवाई

दोर्दी गाउँपालिकाले गर्यो दोस्रो चौमासिक समीक्षा सहित सार्वजनिक सुनुवाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २५ गते मङ्गलबार १०:०५

गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेलगायतले सहभागीहरूले राखेका जिज्ञासाका बारेमा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले गाउँपालिकाले गरेका कार्य प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।

नौथर(लमजुङ)– दोर्दी गाउँपालिकाले चादृ आवको दोस्रो चौमासिक समीक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक वर्षको दोश्रो चौमासिक अवधिका विकास निर्माण योजना, सेवा प्रवाहका कार्यबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सो सुनुवाई चैत २६ गते गरिएको हो । सहभागीहरूले गालिकाको सेवा सहज बनाउनु पर्ने सार्वजनिक सुनुवाईमा माग गरेका थिए ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेलगायतले सहभागीहरूले राखेका जिज्ञासाका बारेमा सम्बोधन गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष अधिकारीले नागरिकका प्राप्त गुनासाहरूलाई गाउँपालिकाले आगामी दिनहरूमा सम्बोधन गर्दै जाने बताउनु भयो ।
त्यसअघि कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले गाउँपालिकाले गरेका कार्य प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो ।
सार्वजनिक सुनुवाईका सहभागीहरूले गाउँपालिका अन्तर्गत विभिन्न वडाका नागरिकहरूले गाउँपालिकाले गरेका काम कारवाही सम्वन्धी गुनासो सहित आगामी आर्थिक वर्षमा गर्ने कामहरूमा सुधार गर्न सुझाव दिएका थिए । उनीहरूले गाउँपालिकाका विकास निर्माणका कामहरूमा प्रभावकारी गर्र्नु कर्मचारीहरूले सहज तरिकाले सेवा प्रवाह गर्नुपर्ने लगायतका विषयमा सुझाव राखेका थिए । गाउँपालिका अन्तर्गत विभिन्न सडक योजना, यातायात व्यवस्थापन, स्वास्थ्य सेवा, स्थानीय कर, एवम् शैक्षिक समस्याहरूका विषयमा पनि नागरिकहरूको गुनासो तथा सुझाव रहेको थियो ।
सो अवसरमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न राजनीतिक दल, विभिन्न संस्थाका प्रतिनिधी, गाउँपालिका विषयगत शाखा प्रमुख तथा प्रतिनिधीहरू र सर्वसाधरण नागरिकहरूको विशेष सहभागिता थियो ।
गाउँपालिकाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष घलेले स्वागत गर्नुभएको थियो । लमजुङ खवरका सञ्चालक एवम् पत्रकार आश गुरुङले सार्वजनिक सुनुवाईको कार्यक्रम सहजीकरण गर्नुभएको थियो ।
दोर्दी गाउँपालिकाको आयोजना तथा लमजुङ मिडिया हाउसद्वारा सञ्चालित लमजुङ खवरको सञ्चालनमा सार्वजनिक सुनुवाई भएको हो ।

प्रकाशित मिति २०८१ चैत्र २६, मंगलवार २२:०५ गते
हजुरको प्रतिक्रिया