काठमाडौं– सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समिति(आईपीयू)को सदस्य निर्वाचित हुनु भएको छ । आईपीयूको शासकीय परिषद्ले गौतमलाई सदस्यमा चार वर्षका लागि नेपालको तर्फबाट सांसद गौतमलाई अप्रिल ९ अर्थात आज चैत २७ गते निर्वाचित गरेको हो ।
सांसद गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चयन गरकोे छ । महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नतिर गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो । सोही अनुसार उक्त समिति बनेकोमा गौतम सदस्य निर्वाचित हुनु भएको हो । आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो ।
सो समितिमा निर्वाचित हुने अन्य सदस्यहरूमा संयुक्त अरब इमिरेट्सकी संघीय राष्ट्रिय परिषद् सदस्य अन्य निर्वाचित सदस्यहरूमा संयुक्त अरब इमिरेट्सकी संघीय राष्ट्रिय परिषद् सदस्य आर अल मन्सुरी, केन्याकी सिनेट सदस्य सी, मुएका मुम्मा, भारतका लोकसभा सदस्य एस जैसवाल, मेक्सिकोकी डेप्युटी सभागृह सदस्य एस. एभिला, नेदरल्यान्डकी प्रतिनिधिसभा सदस्य जे टिलन रहेका छन् ।
यसैगरी, स्वीट्जरल्यान्डका राष्ट्रिय परिषद् सदस्य सी लोहर, अल्जेरियाका जनप्रतिनिधि सभा सदस्य एफ इलिमी, आयरल्यान्डकी सिनेट सदस्य एल क्लिफर्ड ली, फ्रान्सकी राष्ट्रिय सभा सदस्य भि, रियोटोन, नामिबियाकी राष्ट्रिय परिषद् सदस्य टांकी मुतेका, उज्बेकिस्ताकी सिनेट सदस्य ओ अतानियाजोवा, जिम्बाब्वेका सिनेट सदस्य एस त्शाबा· रहेका छन् ।
सो समितिको पदावधि सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ ।
यसअघि, राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य पनि आईपीयूको दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी हुनु भएको थियो ।
सांसद गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद गौतम काठमाडौँ– २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
उहाँले देशलाई गति दिनका निम्ति महानगरपालिकासँगसँगै सि·ो देशकै मौलिकतालाई पुनः जीवित गर्नुपर्नेमा जोड दिदै आउनु भएको छ ।
प्रकाशित मिति २०८१ चैत्र २७, बुधबार १९:०७ गते