राष्ट्रिय स्वतन्त्र पार्टी नगर समितिद्वारा समवेदना व्यक्त

राष्ट्रिय स्वतन्त्र पार्टी नगर समितिद्वारा समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २८ गते शुक्रबार ११:५६

दुराडाँडा(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सुन्दरबजार नगर समितिद्वारा लमजुङको ऐतिहासिक थलो दुराडाँडा, पाँचघरे निवासी शैक्षिक एवम् सामाजिक व्यक्तितब रामचन्द्र अधिकारी र उहाँको परिवारमा समवेदना व्यक्त गरिएको छ...

दुराडाँडा(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सुन्दरबजार नगर समितिद्वारा लमजुङको ऐतिहासिक थलो दुराडाँडा, पाँचघरे निवासी शैक्षिक एवम् सामाजिक व्यक्तितब रामचन्द्र अधिकारी र उहाँको परिवारमा समवेदना व्यक्त गरिएको छ । सो पार्टीको एक प्रतिनिधि मण्डलले उहाँको निवासमा पुगेर चैत २९ गते विहान अधिकारी निवासमा पुगेर समवेदना व्यक्त गरेको हो ।
रामचन्द्र अधिकारीकी ममतामयी आमा सत्यरुपा अधिकारीको निधन भएको ९औ पुण्य तिथिका दिन आज रास्वपाको सुन्दरबजार नगर समितिका सभापति श्याम के.सी.को नेतृत्वमा गएको टोलीले स्व. सत्यरुपाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक व्यक्तित्व अधिकारी, उहाँका दिदीबहिनीहरु लगायत शोक सन्तप्त परिवारजन, नातेदार, इष्टमित्र तथा आफन्तजनमा समवेदना व्यक्त गरेको हो ।
रास्वपा जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले समवेदना पत्र पढेर सुनाउनु भएको थियोे ।
उक्त समवेदना पत्र पहाडी, रास्वपाका जिल्ला सहसचिव बाबुराम अधिकारी, नगर सभापति के.सी. लगायतले स्व सत्यरुपाका नातिलाई हस्तान्तरण गर्नु भएको हो । सो क्षणमा रास्वपाका कार्यकर्ताहरु विमल अधिकारी तथा डिलबहादुर खड्कालगायतको सहभागिता थियोे ।

प्रकाशित मिति २०८१ चैत्र २९, शुक्रबार ११:५६ गते
हजुरको प्रतिक्रिया