विचरा ! देउवा : भन्नु हुन्छ, ‘योगी आदित्यनाथबारे गलत सूचनाका आधारमा बोलेछु’

विचरा ! देउवा : भन्नु हुन्छ, ‘योगी आदित्यनाथबारे गलत सूचनाका आधारमा बोलेछु’

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत ३० गते आईतबार १२:४६

पूर्वप्रधानमन्त्री समेत रहनु भएका काँग्रेसका सभापति देउवाले चैत २५ गते गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको उल्लेख गर्नु भएको थियो ।

अर्को एक प्रसङ्गमा सभापति देउवाले सहकारीको नाममा धरै ठूलो बद्नामी भइरहेको बताउनु भयो तर पीडितहरूले कहिले न्याय वा आफ्नो डुबेको धन फिर्ता पाउने हुन् भन्ने बारेमा भने खुल्न चाहनु भएन ।

काठमाडौं– मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल अनि छैटौं पटक देशको प्रधामन्त्री बन्नका लागि र्याल काडी रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यतिबेला आफ्नै बोलीव्यवहारबाट ‘विचरा !’को उपमा पाउनु भएको छ । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको भन्दै गरेको भन्ने भनाइको आफैले खण्डन गरपछि उहाँलाई ‘विचरा !’ भन्नु पर्ने स्थिति चैत ३० गते उत्पन्न भएको हो ।
आफूले यसअघिको एक कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताएको भनेको भन्दै यहाँ आयोजित एक कार्यक्रममा देउवाले उक्त भनाइको खण्डन गर्नु भएको छ । उहाँले बसुन्धारामा विपी सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै त्यस्तो बताउनु भएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका काँग्रेसका सभापति देउवाले चैत २५ गते गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको उल्लेख गर्नु भएको थियो । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा त्यस्तो बताएको जानकारी दिनु भयो । देशको पाँच पटक प्रधानमन्त्री भएको सबैभन्दा ठूलो राजनीतिक दलको तेस्रो पटक सभापति हुनका लागि लालायित व्यक्तित्वले यस्ता कुरा बोल्दा उहाँ स्वयम्, उहाँले नेतृत्व गरेको पार्टी मात्र नभई सिंगो देशको शिर निहुरिन पुगेको आम बुझाइ छ ।
देउवाले भन्नुभयो, ‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । त्यसमा भन्न चाहन्छु मैले । उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो । हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु ।’
अर्को एक प्रसङ्गमा सभापति देउवाले सहकारीको नाममा धरै ठूलो बद्नामी भइरहेको बताउनु भयो तर पीडितहरूले कहिले न्याय वा आफ्नो डुबेको धन फिर्ता पाउने हुन् भन्ने बारेमा भने खुल्न चाहनु भएन ।

प्रकाशित मिति २०८१ चैत्र ३१, आईतवार १२:४६ गते
हजुरको प्रतिक्रिया