नुवाकोटको विदुरमा साहित्यिक कुम्भ मेलामा विभिन्न व्यक्तित्व सम्मानसहितका कार्यक्रम

नुवाकोटको विदुरमा साहित्यिक कुम्भ मेलामा विभिन्न व्यक्तित्व सम्मानसहितका कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २ गते मङ्गलबार ०१:३४

नवसर्जक तथा आग्रज साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा दुई जर्जन भन्दा बढी साहित्यकारहरूद्वारा रचना वाचन भएको थियो ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ११ जना साहित्यकारहरू पुरस्कृत तथा सम्मानित हुनुभयो ।

विदुर(नुवाकोट)– नुवाकोटको जिल्ला सदरमुका विदुरमा आयोजित साहित्यिक कुम्भ मेलामा विभिन्न व्यक्तित्व सम्मानसहितका विभिन्न कार्यक्रम भएका छन् । नववर्षको उपलक्ष्यमा विगत वर्षझैं यो वर्ष पनि साहित्य संगम नुवाकोटको छैटौं बार्षिकोत्सवका अवसरमा उक्त कार्यक्रम नववर्षको शुभकामना आदानप्रदानका साथ बैशाख १ गते गरिएको हो ।
रेडक्रस सोसाइटी जिल्ला शाखाको सह आयोजना तथा रक्त सञ्चार केन्द्र, कोलनी नुवाकोटको प्राविधिक सहयोगमा साहित्य संगम नुवाकोटको वार्षिकोत्सवका साथ कृति लोकार्पण, स्रष्टा संमान, पुरस्कार– सम्मान अर्पण, काव्य गोष्ठी एवम् रक्तदान कार्यक्रम कर्मचारी मिलनकेन्द्र नुवाकोटको बिदुर स्थित सभाहलमा सञ्चालन गरिएको हो । बिदुर नपरपालिका मेयर राजल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त भव्य कार्यक्रममा सोही नपगरपालिकाका उपमेयर प्रभा बोगटीको विशिष्ट आतिथ्यता रहेको थियो ।
लामो समय सो कार्यक्रममा समय दिनुहुने कार्यक्रमका प्रमुख अतिथि बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नयाँवर्षको शुभकामना व्यक्त गर्नु हुँदै सहित्य साहित्य संगम नुवाकोटलाई नपरपालिकाकोतर्फबाट आर्थिक सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ११ जना साहित्यकारहरू पुरस्कृत तथा सम्मानित हुनुभयो । साहित्य संगम नुवाकोटबाट हरेक वर्ष प्रदान गरिदै आएको ऋृषिराम पौडेल÷सरस्वती पौडेल, रत्न पुरस्कार कोषका पुरस्कार संस्थापक ऋृषिराम पौडेल, स्व. पद्म कुमारी चापागाईं स्मृति पुरस्कार कोषका संस्थापक एवम् वातावरण सरसफाई अभियन्ता श्रीरेन्द्र प्रकाश पोखरेल चितवन, साहित्य संगम नुवाकोटकी विशिष्ट आजीवन सदस्य इन्दिरा चापागाईंको आतिथ्य रहेको थियो ।
सो कार्यक्रममा विदुर नगरपालिका– ७ तुप्चेका स्रष्टा मीन तामाङ ‘मिलन’द्वारा स्थापित पुरस्कार ‘धनकुमारी तामाङ रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८२’ ‘कृष्णप्रसाद पोखरेल (चितवन)लाई प्रदान गरियो । त्यसैगरी क्रमशः उत्तरगया गाउँपालिका– ५, रसुवाका स्रष्टा सरस्वती पौडेलद्वारा स्थापित पुरस्कार ‘सरस्वती पौडेल÷ऋषिराम पौडेल रत्न पुरस्कार तथा संगम साहित्य सम्मान– २०८२’ मञ्जु खराल (मकवानपुर), साहित्य संगम नुवाकोटकि अध्यक्ष सुमित्रा सुमीद्वारा स्थापित ‘नव क्षितिज पुरस्कार तथा संगम साहित्य सम्मान– २०८२’, सुनिता तामाङ (बागेश्वरी मा.वि. चोकदे, नुवाकोट), हरि पाण्डे नुवाकोट, हाल बेल्जियममा रहनुहुने स्रष्टाद्वारा स्थापित ‘स्व. भवानी अधिकारी स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८२’ मनोज भण्डारी (चितवन) सम्मानित हुनु भएको छ ।
यसैगरी, इन्दिरा चापागाईं, संखुवासभाका स्रष्टाद्वारा स्थापित ‘स्व. पद्मकुमारी चापागाईं स्मृती पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८२’ रीता खत्री (भोजपुर), शम्भु गजुरेल, नुवाकोटद्वारा स्थापित ‘स्व. काशीनाथ गजुरेल स्मृति पुरस्कार तथा संगम साहित्य सम्मान– २०८२’ चन्द्रप्रसाद न्यौपाने (सिन्धुपाल्चोक), कुमार गुरुङ भक्तपुर, हाल बेल्जियममा रहनुहुने स्रष्टाद्वारा स्थापित ‘स्व. ईमान सिंह गुरुङ स्मृती पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८२’ प्रथम शीत ईश्वर कृष्ण बहादुर के.सी (नुवाकोट), साहित्य संगमद्वारा स्थापित ‘उत्कृष्ट कृति वर्ष पुरस्कार एवम् संगम साहित्य सम्मान– २०८२’, अर्धशताब्दी (लघुकथा सङ्ग्रह– २०८१) मनीषकुमार शर्मा ‘समित’ (भक्तपुर), सुसन्देश साप्ताहिक पत्रीकाका सम्पादक यदुनाथ गौतम, काभ्रेपलान्चोकद्वारा स्थापित ‘सुसन्देश पुरस्कार तथा संगम साहित्य सम्मान– २०८२’ विवेक ढकाल (नुवाकोट) साहित्य संगम नुवाकोटद्वारा स्थापित ‘संगम साहित्य पुरस्कार तथा सम्मान– २०८२’ रोशन पुन (बागलुङ) साहित्य संगम नुवाकोटद्वारा स्थापित ‘संगम साहित्य पुरस्कार तथा सम्मान– २०८२’ अञ्जना न्यौपाने (झापा, हाल ः अमेरिका)लाई प्रदान गरिएको आयोजक संस्थाकी अध्यक्ष सुमीले जानकारी दिनुभयो ।
सो अवसरमा पाँच लाख रुपैयाँको संगम साहित्य पुरस्कार कोषको अभियानमा २५ हजार रुपैयाँ सहयोग गर्नुहुने नुवाकोट सेवा समाज, यूएईलाई ‘संगम साहित्य सम्मान– २०८२’ र साहित्य संगम नुवाकोटको साहित्यिक गतिविधिमा निरन्तर साथ दिनुहुने बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ‘संगम साहित्य सम्मान– २०८२’ प्रदान गरिएको थियो ।
नेपाली भाषा साहित्य र साहित्य संगमलाई माया गर्ने नमराज घिमिरे ‘शिखर’ (काभ्रेपलान्चोक), पूर्ण लामा (नुवाकोट), रजनी थापामगर (नुवाकोट), शिशिर तामाङ (सिन्धुपाल्चोक), गोपालमान श्रेष्ठ (नुवाकोट), रामप्रसाद जोशी (नुवाकोट), सुजन डोटेल (नुवाकोट)लाई साहित्यसाहित्य संगम नुवाकोटको विशिष्ट आजिवन सदस्यता तथा ‘संगम साहित्य सम्मान– २०८२’ प्रदान गरियो । साहित्य संगम नुवाकोटद्वारा प्रकाशित हुँदै आएको ‘संगम’ पत्रिकाको छैटौं अंक लोकार्पण तथा मुक्तककार छवि ओझाको ‘अनुभूतिको– भ¥याङ’ (मुक्तक सङ्ग्रह– २०८१) लोकार्पण भएको थियो ।
सो कार्यक्रममा साहित्य संगम नुवाकोटद्वारा सञ्चालित ‘संगम पुस्तकालय’का लागि साहित्यकारद्वय इन्दिरा चापागाईं र मनीषकुमार शर्मा ‘सिमित’बाट केही थान पुस्तकहरू प्रदान गर्नुभएको थियो । त्यस्तै कवि रुपा थापाद्वारा रचित सिङ्गो जूनको प्रतीक्षा किताब बिक्रीबाट जम्मा भएको रकम उद्यमशील तथा सीप विकास अपाङ्ग सङ्घलाई हस्तान्तरण गरिएको थियो ।
कृतिकार रुपा थापाको बुबा मदन थापामार्फत अमेरिका निवासी सहयोगी मनहरू जसले सिङ्गो जुनको प्रतीक्षा किताब किनेर सहयोग गर्नु भएको थियो, उक्त किताबबाट जम्मा भएको रकम अमेरिकी डलर ७१० थियो र उक्त रकम साट्दा नेपाली रुपैयाँ ९४ हजार ४३० हस्तान्तरण गरिएको थियो ।
नवसर्जक तथा आग्रज साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा दुई जर्जन भन्दा बढी साहित्यकारहरूद्वारा रचना वाचन भएको थियो ।
साहित्य रसपानसँगै रक्तदान जीवनदान कार्यक्रम अन्तर्गत एक दर्जन भन्दा बढी रक्तदाताहरूले रक्तदान गर्नुभएको थियो ।
सो कार्यक्रममा डिभिजन वन कार्यलय प्रमुख रोशना पोखरेल, बिदुर नपरपालिका– १ का वडाध्यक्ष लेनिन रन्जित, रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठ, पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋृषिप्रसाद लामिछाने को विषेश आतिथ्यता रहेको थियो । त्यस्तै, रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका उपसभापति सुशीला चित्रकार, सोही शाखाका मन्त्री उद्धव शर्मा तगा शाखा प्रमुख समुन्द्रबाबु अधिकारी, शाखाकै प्राथमिक उपचार उपसमितिका अध्यक्ष आर. एन न्यौपाने विशेष आतिथ्यता रहेको थियो ।
साथमा नेपालका विभिन्न भूभागबाट आउनुभएका साहित्यकारहरूको बाक्लो सहभागिता रहेको थियो ।
यसैगरी, सो अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने ९ जना साहित्यकारले संस्थाको आजीवन सदस्यता ग्रहण गर्नुभएको थियो ।
उक्त भव्य कार्यक्रमको अन्त्यमा साहित्य संगम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले धन्यवाद मन्तव्यसहित देशका विभिन्न भूभागबाट साहित्य संगम नुवाकोटलाई माया गरेर पाल्नुहुने सम्पूर्ण साहित्य अनुरागीहरू प्रति ऋृणी छु । उहाँले सहभागीहरूको साथ, हौसला, माया, सल्लाह, सुझाव साहित्य संगम नुवाकोटले पाइरहने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
सो कार्यक्रमका विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २, मंगलवार १३:३४ गते
हजुरको प्रतिक्रिया