वरिष्ठ पत्रकार पहाडी कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सचिवालय सदस्य चयन

वरिष्ठ पत्रकार पहाडी कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको सचिवालय सदस्य चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ४ गते बिहिबार ०९:०८

वरिष्ठ पत्रकार पहाडी यस अगाडी मनोनीत केन्द्रिय सदस्य हुनुहुन्थ्यो भने यस पटक निर्वाचित हुनुभएको हो ।

प्रतिष्ठानको विधान अनुसार समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।

गैंडाकोट(नवलपुर)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको केन्द्रीय समितिको सचिवालय समिति गठन गरिएको छ । २१ सदस्यीय सो समितिमा वरिष्ठ पत्रकार नवराज पहाडी सदस्य चयन हुनु भएको छ । सो प्रतिष्ठानको सातौं केन्द्रीय अधिवशेन यहाँ चैत ३० गते सम्पन्न भएको हो ।
सो समितिमा प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीहरू सबै रहनु भएको छ भने सदस्य संख्या पाँच मात्र रहेको छ । सदस्यमा एक पद पछि मनोनित गरिने भएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार अधिकारीले बताउनु भएको छ ।
सचिवालयको अध्यक्षमा प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार अधिकारी हुनुहुन्छ । अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र अधिकारी (रामेछाप), उपाध्यक्ष जानुका अधिकारी (गोरखा), प्रदेशस्तरका उपाध्यक्षहरू क्रमशः चन्द्रमणि अधिकारी कोशी झापा, गोविन्दप्रसाद अधिकारी मधेश सर्लाही, शंकरनाथ शर्मा अधिकारी बागमती सिन्धुली, सीताराम अधिकारी गण्डकी स्याङ्जा, विनोद अधिकारी लुम्बिनी बाँके, हेमराज अधिकारी सुर्खेत कर्णाली र जयनारायण अधिकारी कैलाली सुदूरपश्चिम हुुनुहुन्छ । त्यस्तै, महासचिव चिरञ्जीवी अधिकारी शंखुवासभा, सचिवद्वय डिल्लीप्रसाद अधिकारी सुनसरी र सीताराम अधिकारी धादिङ र डिवि अधिकारी, शिवप्रसाद अधिकारी, कोषाध्यक्ष निमेष अधिकारी भोजपुर चयन हुनुहुनु भएको छ ।
सचिवालय सदस्यमा केन्द्रीय सदस्यहरू नवराज पहाडी अधिकारी लमजुङ, प्रकाश अधिकारी नवलपुर, कल्पना अधिकारी धादिङ र नारायणप्रसाद अधिकारी तनहुँ चयन हुनुभएको छ ।
वरिष्ठ पत्रकार पहाडी यस अगाडी मनोनीत केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने यस पटक निर्वाचित हुनुभएको हो । पहाडी पत्रकारका अतिरिक्त सामाजिक व्यक्तित्व तथा सांस्कृतिक अभियन्ताका रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले आफ्नै नाउँमा प्रकाशन सम्पादन गरिआएको अन्तरङ्ग राष्ट्रिय साप्ताहिक अहिले ३३ औं वर्षमा चलिरहेको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको स्थापनाकाल २०७२ देखि हालसम्म अध्यक्ष हुनुहुन्छ भने उहाँ अर्बुद रोग निवारण संस्था लमज्ङ शाखाको पनि संस्थापक अध्यक्ष हुनुहुन्छ । दर्जन बढी संघसंस्थामा आवद्ध उहाँ कुशल संगठनकर्ता समेत मानिनु हुन्छ ।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपालको विधान अनुसार समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।

प्रकाशित मिति २०८२ बैशाख ४, बिहीबार ०९:०८ गते
हजुरको प्रतिक्रिया