दोर्दी(लमजुङ)– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीको मुख्य पाँच राष्ट्रिय कार्यभार रहेको बताउनु भएको छ । उहाँले दार्दी गाँउपलिकाको पालिका सम्मेलनलाई सम्बोधन गर्दै बैशाख तीन गते त्यस्तो बताउनु भएको हो । उहाँले आफ्नो पार्टीका सामु रहेका पाँच राष्ट्रिय कार्यभारलाई केन्द्रविन्दूमा राखेका छौं भन्नुभयो । उहाँका अनुसार ती कार्यभारहरूमा राष्ट्रिय सार्वमौमिकता, स्वाधिनता, स्वाभिमानको राष्ट्रिय एकतालाई मजबुत बनाउनु छ ।
दोस्रो, ऐलेको उपलब्धिमा १० औं हजारको बलीदानको जेलनेल सहेर प्राप्त गरेको हालको परिवर्तन, उपलब्धिको रक्षा गर्ने र संस्थागत गर्ने अर्को कार्यभार हो उहाँले भन्नुभयो । जसमा बनेको संविधानधको संरक्षण अर्को आवश्यकता हो । हामीले यो लोकतान्त्रिक प्रणालीलाई हरहालतमा रक्षा गर्नु छ । हामीलाई थाहा छ, यसलाई खोस्न प्रयत्न भएको छ, यसलाई एक कोणबाट मात्र हेर्न हुँदैन उहाँले उल्लेख गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रको प्रतिगामी कोण समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई कार्यान्वयन गर्दै समावेसी लोकतन्त्रको विकास गर्नु हो । तर पनि अवरोध बाँकी छन् भन्नु हुँदै राजनीतिक उपलब्धी खोस्न भएको प्रयास एक कोणबाट मात्र हेर्न हुँदैन भन्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको राजानीतिक प्रणालीलाई अपहरण गरेमा त्यो पनि प्रतिगमन नै हो भन्नुभयो ।
तेस्रो कार्यभारमा शान्तिका लागि प्रक्रियाका बाँकी कार्यभार पुरा गर्नु हो, शान्ति यसअघि २ कार्य सक्यौ, अर्को काम बाँकी छ । नेपाली सेनाको समायोजन गरियो तर हामीले द्वन्द्व पीडितलाई न्याय दिलाउन समग्रमा शान्ति प्रक्रिया पुरा गर्न बाँकी छ । त्यो भनेको संक्रमणकालीन न्यायको व्यवस्थापन गर्न बाँकी छ । सत्य निरुपण आयोग र वेपत्ता छानविन आयोग बन्न सकेको छैन । ती आयोग फेरि बन्ने वाला छ, ती आयोग निष्पक्ष र अधिकार सम्पन्न हुनु पर्छ । ती आयोगलाई त्यसो हुन सकोस् भन्नु यो तेस्रो कार्यभार हो उहाँले उल्लेख गर्नुभयो ।
चौथो कार्यभारमा सामाजिक आर्थिक रुपान्तरणको काम पुरा गर्नु छ भन्दै यो क्रममा राजनीतिक प्रणालीको उपलब्धि हासिल भएको, एकात्मक राज्यप्रणालीको अन्त्य गरी संघीय प्रणाली लागू गरेर उपयोग गरेका छौं । दलितहरू स्थानीय सरकार वडामा प्रतिनिधि अनिवार्य हुनुपर्ने, महिलाको स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व, प्रदेश र संघमा ३३ प्रतिशतको प्रतिनिधित्व हुनै पर्ने प्रणाली लागू गरिएको छ । यस्ता केही अधिकार हामीले आज उपभोग गरेका छौं जुन हिजो हामीले गर्न पाएका थिएनौं भन्नुभयो ।
यसैगरी, राजनीतिक व्यवस्थामा आएको परिवर्तनलाई माध्यम र साधन बनाएर विकास र समृद्धिमा फड्को मारेर शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद जस्ता आवश्यकता पुरा गरेर नेपाली जनाताले अनुभुति गर्न पाउने कार्य गर्न बाँकी छ ।
त्यस्तै, जीवनका आवश्यकता पुरा गर्न ल्याएको परिवर्तन राजनीतिमात्र हैन तर जीवन परिवर्तन भएको अनुभूति गर्न सक्नु पर्छ ।
नेपाली जनताले जीवन फेरियो भन्ने अनुभूति जनतालाई गराउनु छ, त्यो आशा अनुसारको समृद्ध प्राप्त हुन सकेको छैन, यो पनि अर्को हाम्रो राष्ट्रिय कार्यभार हो उहाँले जानकारी दिनुभयो । हाम्रो पार्टीले यि राष्ट्रिय कार्यभारलाई पुरा गर्न संकल्पबद्ध भएर अघि बढिराखेको छ उहाँले उल्लेख गर्नुभयो ।
उक्त पालिका सम्मेलनले अध्यक्षमा ओम बहादुर गुरूङलाई निर्विरोध रूपमा चयन गरेको छ । यसैगरी उपाध्यक्ष त्रय अषिश तामाङ, कृष्णा अधिकारी, शान्ता वि.क हुनुहुन्छ । सचिव मेनबहादुर गुरूङ, कोषध्यक्ष विमला अधिकारी, सह–सचिव उत्तम अधिकारी चयन हुनुभएको छ ।
उक्त समितिको सदस्यहरूमा क्रमशः पित्तम लोहनी, इन्द्रबहादुर वि.क, यम कुमार थापा मगर, शिरिष गुरूङ, बसन्त भारती, खुसीराम गुरूङ, देशमाया तामाङ, सन्त बहादुर गुरूङ, रामचन्द्र तामाङ, सिंहबहादुर घले, विनु वि.क, सुर्य थापा चयन हुनुभएको छ ।
प्रकाशित मिति २०८२ बैशाख ४, बिहीबार २१:१६ गते