मान्छेलाई आक्रमण गर्ने चितुवा कास्की पठाइयो

मान्छेलाई आक्रमण गर्ने चितुवा कास्की पठाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ५ गते शुक्रबार ०८:२९

गाँउको मानिस नबस्ने घरमा बसिरहेको चितुवा बिहान मानिसको चहलपहल सुरू भएपछि बाहिरनिस्किएको थियो, गाँउलेहरूले भगाउन खोज्दा मानिसलाई आक्रमण गरि घाइते बनाएको हो ।

चितुवाले घाइते बनाएका मोतिलाल श्रेष्ठको उपचार प्रदेश अस्पताल लमजुङमा भइ रहेको छ ।

बेसीशहर– लमजुङमा एउटा गाँउमा बसेर मानिसलाई आक्रमण गरि घाइते बनाउने चितुवा लाई कास्की पठाइएको छ । बेसीशहर नगरपालिका– १ उदिपुरमा घट्ना घटाएको चितुवालाई वन डिभिजन कार्यालय कास्की मार्फत बैशाख चार गते कास्की पाठाइएको हो ।

लमजुङ बेसीशहर नगरपालिका– १ उदिपुर स्थित सन्तकुमार श्रेष्ठको मान्छे नबस्ने पुरानो घरमा उक्त चतुवा बसिरहेको रहेछ । मानिसहरूको चहलपहल बढ्न थाले पछि मान्छेलाई देखेर उक्त घरबाट निस्केर केही पर झ्याङमा पसेर बसेको बेलामा गाँउलेहरू मिलेर भगाउन लाग्दा सोही गाँउमा बस्ने ६२ बर्षीय मोतिलाल श्रेष्ठले लाठिले घोच्ने क्रममा चितुवाले उहाँलाई आक्रमण गरेको थियो । सो क्रममा उहाँको दुबै हात र बाया खुट्टाको घुडामा सामान्य चिथारेर घाइते बनाएको थियो । श्रेष्ठलाई प्रदेश अस्पताल लमजुङमा ल्याई उपचार बैशाख ५ गते पनि जारी रहेको छ ।
उक्त खबर थाहा पाए पछि प्रहरी हवलदार बलराम परियारको कमान्डमा २ टोली गएर चितुवालाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, लमजुङसँग समन्वय गरि डिभिजन वन कार्यालय कास्कीलाई खबर गरि चितुवा जिम्मा लगाई पठाइएको हो ।

प्रकाशित मिति २०८२ बैशाख ५, शुक्रबार ०८:२९ गते
हजुरको प्रतिक्रिया