अन्ततः ‘लिटिल बुद्ध’ रामबहादुर बमजनलाई मिल्यो सफाई

अन्ततः ‘लिटिल बुद्ध’ रामबहादुर बमजनलाई मिल्यो सफाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ५ गते शुक्रबार १०:२६

उहाँलाई यौन दुराचारको आरोपाट उच्च अदालत जनकपुरले सफाई दिएको हो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले उहाँलाई सफाई दिएको हो । उहाँ विरुद्ध सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेको थियो ।

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाई पाएपछि जेलमुक्त हुनु भएको छ । 

काठमाडौं– ‘लिटिल बुद्ध’का नामले चिनिने रामबहादुर बमजनलाई अन्ततः सफाई मिलेको छ । सर्लाहीकी नाबालिका अनुयायीमाथि यौन दुराचार गरेको आरोप लागेका बमजनलाई उच्च अदालतले जिल्ला अदालत सर्लाहीको फैसला उल्टाउँदै सफाइ दिएसँगै जेल मुक्त हुनु भएको हो ।
उहाँलाई यौन दुराचारको आरोपाट उच्च अदालत जनकपुरले सफाई दिएको हो । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले उनलाई सफाई दिएको हो । उहाँ विरुद्ध सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेको थियो ।
ढिलागरी अन्तरङ्ग न्यूजलाई प्राप्त जानकारी अनुसार उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले गत चैत ६ गते बमजनलाई सफाइ दिएको अदालतका उप–रजिष्ट्रार सुशील यादवले बताउनु भयो । उहाँका अनुसार अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ । उहाँले भन्नुभयो, ‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ ।’
बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीले २०८१ को असार १७ गते १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यसविरूद्ध उहाँले उच्च अदालतमा पुनरावेदन निवेदन दिनु भएको थियो ।
सफाइ पाएपछि बमजन चैत ७ गते सिन्धुपाल्चोक कारागारबाट रिहा भइसकेको बताइएको छ ।
उच्च अदालतले फैसला गरेको बखत बमजन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोकमा राखिएको थियो ।
‘फैसला भएको राति चैत ६ गते हामीलाई पत्र आएको थियो,’ सिन्धुपाल्चोक कारागार स्रोतले भन्यो, ‘७ गते उहाँ कारागारबाट जानु भएको हो ।’
कारागारबाट मुक्त हुँदा बमजनलाई उहाँकी श्रीमती दीपशिखाले बुझेको कारागार स्रोतले जनाएको छ ।
यसअघि, ३० वर्षीय रामबहादुर बमजनलाई प्रहरीले २०८० पुस २५ गते हात्तीगौंडास्थित घरबाट पक्राउ गरेको थियो ।
बमजनको स्थायी ठेगाना बाराको निजगढ नगरपालिका– १२ र हालको ठेगाना काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ६ हात्तीगौंडा हो ।
तपस्वी बम्जनले अदालतमा उपस्थित गराएर बयान गराउँदा आफूमाथि लागेका आरोपको इन्कार गर्नु भएको थियो । बम्जनले अदालतमा आफू २०६२ सालको जेठ महिनादेखि सुरुमा बाराको रतनपुरी जंगलमा करिब १० महिना ध्यान गरेको बताइन्छ । १० महिना पिपलको रुखमुनी बसेर ध्यान गरेपछि ज्ञान प्राप्त गरेको उहाँले बयान दिनु भएको थियो ।
त्यसपछि बारा जिल्लाकै हलखोरी जंगलमा करिब ८ वर्ष बसेर ध्यान गरेपछि सर्लाही जिल्लाको लालबन्दी नगरपालिका– १२ मा रहेको पत्थरकोट आश्रममा आएर ध्यानमा बसेको उहाँ निकट स्रोतले बताएका छन् ।
त्यहाँबाट सिन्धुलीको पहिरेमा जंगलको बीचमा रहेको आश्रममा ध्यान गरेको र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा गएर बसेको उहाँको बयानका उल्लेख छ ।
२०८० पुस २४ गते साँझ काठमाडौँको हात्तीगौँडास्थित निवासबाट पक्राउ गरिएको उहाँलाई पुस २६ गते सर्लाही अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उहाँको घरमा बरामद विदेशी मुद्रा मात्र ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबर प्रहरी दावी थियो ।
खानतलासीका क्रममा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ नगद भेटिएको थियो । नेपाली र विदेशी मुद्रा जोड्दा ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ भएको प्रहरीले जनाएको थियो ।
त्यस विरुद्ध पनि वमजनलाई छुट्टै मुद्दा दर्ता भइसकेको छ ।
बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीमा आठ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा भने अझै विचाराधीन छ ।
बमजनविरूद्व अन्य जिल्लामा पनि हत्या, बलात्कार लगायतका आरोपमा मुद्दा चलिरहेको बताइन्छ ।

प्रकाशित मिति २०८२ बैशाख ५, शुक्रबार २२:२६ गते
हजुरको प्रतिक्रिया