रूपामा प्रकट पगेनी ‘शिव’ को शालिक शिलान्यास

रूपामा प्रकट पगेनी ‘शिव’ को शालिक शिलान्यास

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख ७ गते आईतबार १०:०१

पोखरा । सुप्रसिद्ध गीतकार तथा गजलकार स्व. प्रकट पगेनी ‘शिव’ को अर्धकदको शालिक बन्ने भएको छ । उनको प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले...

पोखरा । सुप्रसिद्ध गीतकार तथा गजलकार स्व. प्रकट पगेनी ‘शिव’ को अर्धकदको शालिक बन्ने भएको छ ।

उनको प्रथम स्मृति दिवसको अवसरमा रूपा- ५ देउरालीमा शालिक शिलान्यास गरिएको प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी दिए । शनिवार रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले शालिकको शिलान्यास गरेका थिए । समग्र रूपा तथा देशकै गहनाका रूपमा रहेका साहित्यकार पगेनीको सम्मानमा शालिक निर्माण गर्न लागिएको हो । त्यस्तै रूपा वाङ्‍मय प्रतिष्ठानले पनि प्रकट पगेनी ‘शिव’को स्मृति दिवसकै अवसरमा उनको सम्झनामा प्रकट पगेनी ‘शिव’ स्मृति पुरस्कार प्रदान गर्ने गरी प्रकट पगेनी ‘शिव’ स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ भने अक्षयकोष स्थापनामा  सहयोग गर्न सबैलाई आह्‍वान गरेको अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए ।

२०१३ असोज २४ गते रूपा-५, देउरालीमा जन्मेका प्रकट पगेनी ‘शिव’ को २०८१ वैशाख ४ गते निधन भएको थियो । तगारो छेउ आएर पनि…, किन राख्यो चोखो मुटु… लगायत लोकप्रिय गीतकार गीतकार पगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुनालाई’ गीत सङ्ग्रह, ‘प्रणयवेदका ऋचाहरू’ गजल सङ्ग्रह र ‘अक्षरभरि अक्षता’ कविता सङ्ग्रह प्रकाशित छन् ।

प्रकाशित मिति २०८२ बैशाख ७, आईतवार २२:०१ गते
हजुरको प्रतिक्रिया