काठमाडौं– अन्ततः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भट्टराईले राजीनामा दिनु भएको छ । शिक्षक महासंघले सुरु गरेको आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनु भएको छ । नेपाल शिक्षक महासंघ र मन्त्रालयबीच बारम्बार संवाद भएपनि सहमति जुट्न नसकिरहेको बेला शिक्षामन्त्रीबाट राजीनामा बैशाख ८ गते दिनु भएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको हो । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउन्ु भएको हो । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनीहरूका मागको सम्बोधन हुन नसकेपछि उहाँले राजीनामा दिनु भएको हो ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा पर्नु भएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास पुगेर उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पत्र थमाउनु भएको हो ।
तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लाग्ने शिक्षकलाई कारबाही गर्ने नीति लिनु भएको थियो । तर त्यसको कट्टर आलोचकका रुपमा उभिनु भएको थियो पबहालवाला शिक्षामन्त्री विद्या भट्टराई । तर उहाँको पद तिनै शिक्षकको आन्दोलनले खाइदिएको छ ।
तथापि उहाँले भन्नुभयो, ‘शिक्षामा राजनीतीकरण भयो भन्ने गलत भाष्य बनाइँदैछ । बौद्धिक क्षमतामाथि झोले भनेर आरोप लगाइरहेका छौं, त्यो गलत हो ।’
शिक्षा ऐनको माग राखेर शिक्षकहरू २० दिनदेखि सडकमा उत्रिरहेका छन् । नेपाल शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन सेकेको छैन । जसका कारण मन्त्री भट्टराई निराश भएको स्रोत बताउँछ । स्रोतका अनुसार क्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि छ । परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने शिक्षक सडकमा छन् । भलै उहाँले राजीनमापत्रमा स्वास्थ्य समस्याको कारण देखाउनु भएको बालुवाटार स्रोतले जनाएको छ ।
कास्की क्षेत्र नम्बर– २ बाट प्रत्यक्ष निर्वाचित भएर संघीय सांसद हुनु भएकी उहाँ गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएको थियो ।
शिक्षामन्त्री बन्नुअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा उहाँले सक्रिय भूमिका निभाउनु भएको थियो ।
उहाँका श्रीमान (तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपप्राध्यापक रहनु भएकी भट्टराईले सो पदमा राजीनामा दिएर राजनीतिमा सक्रिय हुनु भएको हो ।
२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्कीबाट निर्वाचित भएर पहिलो पटक संसद् छिरेकी थिइन् । त्यसपछि २०७९ मा भएको निर्वाचनमा सोही क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति २०८२ बैशाख ८, सोमबार १९:१० गते