काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी भएको छ । प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गरेको हो । उक्त रिट अब आदेशका लागि संयुक्त इजलासमा पठाउने वैशाख ९ गते आदेश भएको हो ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले त्यस्तो आदेश गरेको हो । रास्वपा सभापति रविका तर्फबाट श्रीमती निकिता पौडेलले गत ७ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराउनु भएको थियो । सो मुद्दाको हिजोको पेशी हेर्न नमिल्नेमा परेको बताइएको थियो ।
यसअघि रविले ७३ नम्बर निवेदनमार्फत उच्च अदालतको आदेश बदरको माग गर्नु भएको थियो । उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।
सभापति रवि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशमा पूर्वपक्षका लागि बुटबलमा थुनामा हुनुहुन्छ ।
उक्त आदेशको सुनुवाइ नहुँदै रविका तर्फबाट श्रीमती निकिताले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । रिटमा रविलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ ।
अब अर्को पेसी कम्तीमा दुई जना न्यायाधीशको इजलासमा तोकिनेछ ।
प्रकाशित मिति २०८२ बैशाख ९, मंगलवार १५:५९ गते