आजदेखि निगरानी हट्यो, म नियमित काममा फर्कें : नवराज सुवेदी

आजदेखि निगरानी हट्यो, म नियमित काममा फर्कें : नवराज सुवेदी

एजेन्सी

@antaranganews

२०८२ बैशाख ९ गते मङ्गलबार ०५:४१

मुलुकका ठूलो भनिने पार्टीका शीर्ष नेताहरू बृद्ध भए भन्दै उनीहरूले अवकाश लिनु पर्ने माग बढी रहेको बेलामा ८६ वर्षीय सुवेदीले ७७ वर्षीय पूर्वराजा ज्ञानेन्द्रलाई फर्काउने अभियानको नेतृत्व गर्नु भएको हुँदा त्यो के कति सार्थक हुने हो ? भोलिका दिनले नै सिद्ध गर्नेछ ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसामा परिणत भएपछि उहाँको निवासमा प्रहरी निगारनी बढाइएको थियो ।

काठमाडौं– सरकारले राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त गरेको छ । सुवेदीले एक विज्ञप्ति निकाल्दै बैशाख ९ गते आफू कहाँ राखिएको प्रहरी निगरानी हटेको बताउनु भएको हो ।
गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसामा परिणत भएपछि उहाँको निवासमा प्रहरी निगारनी बढाइएको थियो ।
जारी विज्ञप्तीमा उहाँले भन्नुभएको छ कि, ‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ । आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु । यसबीच मलाई सद्भाव, सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’
सुवेदीलाई गौरीघाटस्थित आफ्नै निवासमा नजरबन्दमा राखिएका थियो ।
सो दिनको घटनामा संलग्न भन्दै सरकारले पक्राउ परेका राप्रपाका नेता धवल शमशेर राणालाई हाजिर जमानीमा रिहा गरेको छ ।
मुलुकका ठूलो भनिने पार्टीका शीर्ष नेताहरू बृद्ध भए भन्दै उनीहरूले अवकाश लिनु पर्ने माग बढी रहेको बेलामा ८६ वर्षीय सुवेदीले ७७ वर्षीय पूर्वराजा ज्ञानेन्द्रलाई फर्काउने अभियानको नेतृत्व गर्नु भएको हुँदा त्यो के कति सार्थक हुने हो ? भोलिका दिनले नै सिद्ध गर्नेछ । 

प्रकाशित मिति २०८२ बैशाख ९, मंगलवार १७:४१ गते
हजुरको प्रतिक्रिया