सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकामा नगरस्तरीय बाल सञ्जालका अध्यक्षमा सन्ध्या श्रेष्ठ चयन भएकी छन् । सुन्दरबजार नगरपालिकामा नगरस्तरीय बाल भेलाको आयोजना गरी बाल सञ्जालको पुनर्गठन बैशाख ९ गते गरिएको हो ।
सुन्दरबजार नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको भेलाले बाल संजाल नगरको अध्यक्षमा सन्ध्या श्रेष्ठ (आदर्श बाल मावि)लाई चयन गरेको छ । त्यस्तै, उपाध्यक्ष अनुपम गौली (विद्याज्योति मावि), सचिव सलिना खड्का (महेन्द्र मन्दिर मावि), सहसचिव अनुशा भुजेल (लालिगुराँस बोर्डिङ स्कूल), कोषाध्यक्ष सञ्चिता कार्की (भूपू सैनिक आवासीय मावि) चयन भएका छन् ।
यसैगरी, बालसञ्जाल समितिको सदस्यहरूमा क्रमशः रुश्मा क्षेत्री (संस्कृति सदन मावि), प्रितेष न्यौपाने (विद्याज्योति मावि), समीक्षा बोगटी (आदर्श बाल मावि), सुसेन पौडेल (इनसाइट भिजन एकेडेमी), रोजी अधिकारी (ग्लोबल भिजन बोर्डिङ स्कुल), समीक्षा मिश्र (मस्र्याङ्दी आधारभूत विद्यालय), समीक्षा भुजेल (भारती सदन मावि), कृष्णा सापकोटा (भूपू सैनिक आवासीय मावि), सुमित कार्की (भक्ति नमुना मावि), कृष्णचन्द्र भण्डारी (सौभाग्य सदन मावि), रञ्जिता बिक (सरस्वती सदन मावि), सन्ध्या श्रेष्ठ (महेन्द्र मन्दिर मावि) र महेश्वर खड्का चयन भएका हुन् ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विद्यालय बाल क्लब र वडा बाल सञ्जालको प्रतिनिधित्व गर्दै आएका जम्मा ७५ जना बालबालिकाहरूले भाग लिएका थिए ।
प्रमुख अतिथि नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बाल बालिकाहरूलाई बालमैत्री समाज निर्माणतर्फ सशक्त ढंगले अघि बढ्न प्रेरणादायी शुभकामना व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बालबालिकाहरूमा नेतृत्व, उत्तरदायित्व र क्रियाशीलताको भावना विकास गर्दै सामाजिक परिवर्तनको संवाहक बन्न आग्रह गर्नु भएको थियो ।
नगर उपप्रमुख तथा नगरस्तरीय बाल अधिकार समितिकी संयोजक एवम् कार्यक्रमकी अध्यक्ष उपमेयर भवानी के.सी.ले समापन मन्तव्य दिँदै शुभकामना व्यक्त गर्नु भएको थियो ।
यसैगरी, बाल सञ्जालको नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष प्रियंका कार्कीले बधाई दिँदै आफ्नो अनुभव समेत सुनाएकी थिइन् । नवगठित नगर बाल संजालकी अध्यक्ष सन्ध्या श्रेष्ठले विश्वास र जिम्मेवारीप्रति सचेत रहेको प्रतिबद्धता सहित निर्वाचित गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।
स्मरणीय छ, बालअधिकारका लागि गरिएको उक्त कार्यक्रम बालसञ्जालका नगर अध्यक्ष हुँदाहुँदै नगरपालिकाका उपमेयरले अध्यक्षता गरेर बालअधिकारको पक्षपोषण गरियो कि शोषण ? भन्ने एकापसमा सरोकारवालाहरूले खासखुस गरेको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०८२ बैशाख ११, बिहीबार ०६:४७ गते