खानी गाउँ(लमजुङ)- यहाँ सञ्चालन भएको लाेपाेन्मुख ठाडोभाका तीनदिने नि:शुल्क प्रशिक्षण उत्साहपूर्वक सञ्चालन भइरहेको छ । प्रशिक्षणकाे बैशाख १२ गते आज दास्राे दिन हाे । प्रशिक्षणमा संगीतका तीनवटै बिधा गाउने, बजाउने र नाच्ने सिकाइएको प्रमुख प्रशिक्षक एवम् आयोजक प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा “धम्पु”ले बताउनु भएको छ । उहाँका अनुसार साे प्रशिक्षणमा तीन पुस्ता १२ वर्षका नातीदेखि ६८ वर्षकी हजुरआमा समेतले भाग लिनु भएको छ ।
साे प्रशिक्षणमा आज रमाइलो खेलसमेत खेलाइने र पहिलो र दाेस्राे हुनेलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका काेषाध्यक्ष सीता गुरुङले बताउनुभएको छ । साे प्रशिक्षणमा ३१ जनाले भाग लिएका छन् ।
प्रकाशित मिति २०८२ बैशाख १२, शुक्रबार १२:३२ गते